पौष २० गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकाको आयोजनामा पौष २५ र २६ गते वडा नं. ७ को बोबाङमा निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ । नगरपालिकाको आर्थिक बर्स २०८०÷०८१ को नीति कार्यक्रम अन्र्तगत जनता सँग नगरउपप्रमुख कार्यक्रम बाट स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो ।
भौगोलिक रूपले दुर्गम तथा आर्थिक रुपमा कमजोर एवं समयमा स्वस्थ उपचार गर्नुपर्छ भन्ने चेतना स्तर कम भएको क्षेत्रलाई प्राथमिकता दिएर समयमै उपचारबाट बञ्चित रहेका ढोरपाटन नगरपालिकाका नागरिकलाई लक्षित गर्दे वडा नं. ७ को बोबाङ स्थित ज्ञानोदय माध्यमिक विद्यालयको प्राङ्गणमा शिविरको आयोजना गर्न लागिएको ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बताउनु भयो ।
शिविरमा विरामको स्वास्थ्य परिक्षण अन्र्तगत भिडियो एक्सरे, प्रयोगशाला, मुटुको एसीजी, बालरोग, महिलाको पाठेघरको क्यान्सरको जाँच, आँखाको जाँच तथा आवश्यकताका आधारमा चस्मा वितरण, स्त्री रोग, हाडजोर्नी तथा नसा सम्बन्धी रोगको चेकजाँच सँगै उपचार गरिने जनाइएको छ ।
अशक्त र ज्येष्ठ नागरिकलाई सहायक सामाग्री उपलब्ध गराउने कार्यक्रम समेत तय गरिएको कार्यवाहक मेयर कायतले बताउनु भयो । शिविर पौष २५ गते बिहान ८ बजेदेखि औपचारिक रुपमा सुरु गरिने जनाइएको छ ।