क्षमता विकास, सीपमुलक कार्यक्रम सँगै महिलाको नेतृत्व विकासमा उपाध्यक्षको सक्रियता

 पौष २० गते बुर्तिबाङ

बागलुङको तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले पालिका अन्र्तगत सबै वडामा पुगेर महिला दिदीबहीनी सँग भेटघाट उनीहरूको समस्या पहिचान अभियान सक्रिय देखिनु भएको छ ।

आमा दिदीबहिनी सँग उपाध्यक्ष भेटघाट कार्यक्रम मार्फत वडा वडामा पुगेर महिला दिदीबहिनीको समस्या सुन्ने, उनीहरूको अवस्था सँगै नेतृत्व विकास , क्षमता विकास तथा आयआर्जनका कार्यक्रममा कसरी समावेश गर्न सकिन्छ भन्ने उद्देश्य सहित अभियानको सुरुवात गरिएको उपाध्यक्ष छन्त्यालले बताउनु भयो ।

सबै टोल बस्तीका दिदीबहिनीलाई वडा वडामा भेट गर्ने, उनिहरूसँग अन्र्तक्रृया गर्ने र वडा स्तरीय आमा समुह गठन गरेर उनीहरूको समस्या सँगै अव कसरी नेतृत्व विकास र आय आर्जनमा जोड्न सकिन्छ भन्ने उद्देश्य सहित कार्यक्रमको सुरुवात गरिएको छ ।

वडा नं.३,५ र ६ मा कार्यक्रम गरिएको बताउँदै अव सबै वडामा पुग्ने गर उहाँहरूकै सक्रियतामा आगामी कार्यक्रम तथा योजना तय गरेर अगाडि बढ्ने लक्ष्य रहेको उपाध्यक्षले बताउनु भयो ।

महिला दिदीबहिनी अझैपनि चुलो चौकोमा मात्र सीमित हुने अवस्था छ आर्थिक रुपमा परनिर्भर बन्नुपर्ने अवस्था सँगै चेतनाको हिसाबले समेत पछि परिरहेका कारण उहाँहरूलाई क्षमताका आधारमा सीप विकास सँगै आय आर्जनमा जोड्ने, नेतृत्व विकासमा अगाडि बड्न प्रोत्साहन सँगै चेतना स्तरमा समेत माथि उठाउँदै अगाडि लैजाने गरि वडा स्तरमै पुगेर कार्यक्रमको अभियान अगाडि बढाइएको बताइएको  ।

गाउँपालिकाले महिला नेतृत्व विकास, सीपमुलक तथा आयआर्जनका कार्यक्रममा बजेट विनियोजन गरेर अगाडि बढिरहेको बताइएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित