ढोरपाटन नगरपालिकाको १४ औँ नगर सभा शुक्रबार सम्पन्न

नगरसभाले उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुमा स्काभेटर ÷डोजर लगायत हेभी ईक्युमेन्ट प्रयोग गरे बापत लिएको १० प्रतिशत बहाल करको विषयलाई नगर सभाबाट पारित गर्दे सुन्य प्रतिशतमा झार्ने निर्णय पारित गरिएको छ ।
पौष २० गते शुक्रबार बुर्तिबाङ

ढोरपाटन नगरपालिका नगर कार्यपालिकाको १४ औँ नगर सभा शुक्रबार सम्पन्न भएको छ । कार्यवाहक नगर प्रमुख धन बहादुर कायत (कल्याण) कोंअध्यक्षतामा आयोजित नगरसभा मार्फत विभिन्न ४ निर्णय पारित संगै विभिन्न योजनाको बजेट थप तथा संसोधन गर्दे सम्पन्न भएको हो ।
नगर सभाका अध्यक्ष तथा कार्यवाहक मेयर धनबहादुर कायतले प्रस्तुत गरेको संसोधित तथा थप सहितको प्रतिवेदन विवरण माथी छलफल गर्दे नगरसभाले विभिन्न योजना तथा कार्यक्रम पारित गरेको हो ।

नगरसभाले उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुमा स्काभेटर ÷डोजर लगायत हेभी ईक्युमेन्ट प्रयोग गरे बापत लिएको १० प्रतिशत बहाल करको विषयलाई नगर सभाबाट पारित गर्दे सुन्य प्रतिशतमा झार्ने निर्णय पारित गरिएको छ । त्यस्तै सभामा उठेको विषय अन्र्तगत कृषि अनुदानमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने निर्णयलाई समेत अगाडी बढाइएको हो ।

नरपालिका समपुरक कोष अन्र्तगत विभिन्न १२ वटा कार्यक्रम थप र संसोधन गरिएको छ । गैर सरकारी संघसंस्था संग साझेदारी कार्यक्रम अन्र्तगत ७३ लाख बजेट मध्ये कृषि क्षेत्रतर्फ १२ वटा कार्यक्रम संसोधन गरिएको छ ।

त्यस्तै सडक बोर्ड नेपाल र नगरपालिकाको समपुर कोषबाट १७ लाख साझेदारी गरि ५५ लाख बजेटबाट विभिन्न ५ सडक योजना स्तरोन्ती गर्नका निम्ती बजेट अनुमोदन गरिएको छ । नगर समपुरक कोष शिर्षकमा विनियोजन गरिएको ८० लाख मध्ये १७ लाख सडक बोर्ड नेपालसंग साझेदारी र बाँकी ६३ लाख विभिन्न ८ वटा योजनामा बजेट थप तथा संसोधन गरिएको छ ।
नगर कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगाएतको सहभागिता रहेको कार्यक्रम वडा नं। १ का वडा अध्यक्ष वान बहादुर छन्तयालको स्वागत, रोजगार संयोजक हिरालाल खनालको सञ्चालमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित