पौष २० गते
नेपाल कम्युनिष्ट पार्टी बागलुङले प्रशासनिक क्षेत्रको सहजताको माग गर्दे प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ ।
शुक्रबार एक विज्ञप्ति निकाल्नै नेपाल कम्युनिष्ट पार्टी बागलुङले लोकतान्त्रीक गणतन्त्रको सम्मान गर्दे जनताको बलिदानबाट प्राप्त लोकतन्त्रमा समेत जनताले विभिन्न सेवा सुविधामा प्राप्त गर्नुपर्ने अधिकार सहज रुपमा प्राप्त गर्न नसकिरहेको बताउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तिमा लेखिएको छ नागरिकले प्राप्त गर्ने नागरिकता, परिचय पत्र, पासपोर्ट लगायत जरुरी सिफारिसमा नागरिकले अझैपनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै प्रशासनिक कार्यालय नागरिकको पहुँचमा रहने गरी व्यवस्था गर्ने, नागरिकता लगायतका आवश्यकीय समस्या घुम्ती शिविर मार्फत सम्बोधन गर्नुपर्ने बताउँदै स्थानीय पालिकाबाटै नागरिकता लगायतका काम सम्पादन हुने व्यवस्था मिलाउन जिल्ला इन्चार्ज आकास सी र जिल्ला सेक्रेटरी उत्तम सी द्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको जनाइएको छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको दोश्रो बागलुङ जिल्ला सम्मेलन शुक्रबार बुर्तिबाङ बजार परिक्रमा गर्दे एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । सम्मेलनले किरण सी को नेतृत्वमा ४५ सदस्य अखिल क्रान्तिकारीको गठन गरिएको हो ।
विज्ञप्तीआयोजित कार्यक्रममा धवलागिरी ब्युरो इन्चार्ज विकिरण सी मने प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा बागलुङ जिल्ला इन्चार्ज आकास सी , जिल्ला सेक्रेटरी उत्तम सी, विद्यार्थी गण्डकी प्रदेश इन्चार्ज प्रकाश सी, धवलागिरी ब्युरो इन्चार्ज उमेन्द्र सी, लगायतको आतिथ्यता एवं शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम धवलागिरी क्याम्पस स्ववियु सदस्य सुधन सी को सञ्चालनमा सम्पन्न भएको उत्तम सी ले जानकारी दिनुभयो ।