फेक कागजात बनाएर आर्थिक संकलन गर्ने ३ जना बुर्तिबाङबाट पक्राउ

मंसिर २९ गते बुर्तिबाङ

फेक कागजात बनाएर बुर्तिबाङ बजारमा आर्थिक संकलन गर्दे आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झुटा विवरण बहाना बनाएर आर्थिक संकलन गरिरहेको अवस्थामा स्थानीयको उजुरी पछि इलाका प्रहरी बुर्तिबाङले उनिहरुलाई प्रकाउ गरेको हो । प्रकाउ पर्नेमा २४ बर्षिय गुरु दिपसिंह, २८ को ललन कुमार करण, ९बर्षिय अर्जुन कुमार करण रहेका छन ।
उनिरुहबाट अनुसन्धान तथा खानतलासीको क्रममा प्रहरीले १ लाख ४ हजार ४ सय तिस रुपैयाँ नगद रकम बरामद गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राज कुमार विकले बताउनु भयो ।
टोलीले ९ बर्षिय बालकलाई प्रयोग गरि आर्थिक अवस्था कमजोर रहेको, परिवारमा बाबा आमा नभएको जस्ता नक्कली कागजात बनाएर आर्थिक संकलन गर्नुका साथै ठुला व्याक्तिले ग्रह दसा हेर्ने भनी कमन्डलु बोकेर हिंड्ने गरेको पाइएको छ । उनिहरुलाई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित