मंसिर २८ गते बुर्तिबाङ
ढोरपाटन नगरपालिकामा बिहिबार देखि ५ औँ राष्ट्रपति रनिङ शिड प्रतियोगिता सुरु भएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजना तथा जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा बुर्तिबाङ स्थित जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा सुरु भएको कार्यक्रममा विभिन्न सामुदायिक र संस्थागत गरि १३ विद्यालयको सहभागिता रहेको हो ।
बुर्तिबाङ बजारमा प्रभातफेरी सहित सुरु गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले बोल्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले ‘विद्यार्थीको खेलकुद क्षमताको विकास र क्षमता प्रस्फुटनमा महत्वपूर्ण टेवा पु¥याउने बताउनु भयो ’।
विद्यार्थीमा अनुशासन संगै शिक्षा तथा खेलकुदको विकास महत्वपूर्ण आधार रहेको बताउँदै यस्तो कार्यक्रमले क्षमता प्रस्फुटनमा अगाडी बद्न महत्पूर्ण भुमिका निर्वाह गर्ने बताउँदै यहाँबाट समेत छनौट भई जिल्लामा दावेदारी रुपमा आफनो क्षमता प्रस्फुटन गर्न विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभयो ।
जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल यूवराज महतको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, वडा अध्यक्ष, शिक्षक ,कर्मचारी लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम ढोरपाटन नगरपालिका शिक्षा शाखा अधिकृत ज्ञानेन्द्र सापकोटाको स्वागत जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलका शिक्षक पुरन पाण्डेले सञ्चालन गर्नुभएको हो ।
आज पहिलो दिन छात्र भलिवल प्रतियोगिता भएको हो शिवालय मावि र प्रकाश मा.वि विचको खेलमा शिवालय मावि.अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै छात्र ÷छात्रा हाईजम्प, लङजम्प, छेलो लगाएतका प्रतियोगिता भएका छ । भोली सबै कार्यक्रम सम्पन्न गर्ने आयोजकले जनाएको छ ।
ढोरपाटन नगरपालिकामा बिहिबार देखि ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

