बुर्तिबाङमा भोलीदेखि ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

मंसिर २७
ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा बिहिबार देखि ५ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता कार्यक्रम सुरु हुने भएको छ ।
ढोरपाटन नगरपालिकाको आयोजना तथा जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको व्यवस्थापनमा विभिन्न १३ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागितामा कार्यक्रम सुरु हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
जनता इङलिस बोर्डिङ स्कुलको खेलकुद मैदानमा हुने प्रतियोगितामा छात्र÷ छात्रा भलिबल, छात्र÷छात्रा ४०० र ८०० मिटरको डौड, छात्र ÷ छात्रा हाईजम्प, लङजम्प, त्रिपल जम्प, सटफुट लगाएतका खेलकुदमा विद्यार्थीको प्रतिस्प्रर्धा रहने पत्रकार सम्मेलनमा ढोरपाटन नगरपालिकाका शिक्षा साखा सम्योजक ज्ञानेन्द्र सापकोटाले बोल्दै कार्यक्रमको लागी आवस्यक तयारी पुरा भइसकेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष समेत रहनु भएका जनता सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल युवराज महतले बोल्दै कार्यक्रमलाई सभ्य र भब्य रुपमा सफल पार्नका निम्ती आवस्यक तयारी पुरा भएको बताउँदै सबैको साथ र सहयोगबाट कार्यक्रम सम्पन्न गरिने बताउनु भयो ।
भोली बिहिबार बिहान ११ बजेदेखि औपचारिक कार्यक्रम संगै सुरु हुने कार्यक्रममा बजारमा प्रभातफेरी संगै सुरु गरिने जनाइएको छ । खेल संयोजक दिपेन्द्र छन्त्यालले खेलकुदको निती नियम तथा अनुसासनको विषयमा प्रस्ट पार्नुभएको हो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक प्रतिनिधी, पत्रकार लगाएतको उपश्थिती रहेकोमा कार्यक्रम शिक्षक पुरन पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित