मानसिकता परिवर्तन नभएसम्म लैंङ्गिक हिंसा अन्त्य गर्न समस्या : सांसद पौवी

बुर्तिबाङ मंसिर २४

गण्डकी प्रदेश सभाका सांसद दिलमाया पौवीले मानिस मानसिक रुपमा सचेत नभएसम्म लैंङ्गिक हिंसाको अन्त्य नहुने बताउनु भएको छ ।
१६ दिने लैंङ्गिक हिंसा विरुद्धको अभियान अन्र्तगत इलाका प्रहरी कार्यालय बुर्तिबाङले आयोजना गरेको अन्र्तक्रृया कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै सांसद पौवीले पछिल्लो समय मानिस शिक्षित हुँदै गर्दा झनै लैंङ्गिक हिंसाका घटनामा बृद्धि भएको बताउँदै शिक्षित भएर मात्र नहुने बरु मानसिक रुपमानै अरुप्रति गरिने हिंसा आफैबाट अन्त्य गर्न सकेमात्रै लैंङ्गिक हिंसाको अन्त्य हुने बताउनु भयो ।
सांसद पौवीले भन्नुभयो “विभिन्न व्यवस्था र अवस्था परिवर्तन भयो तर मानिसको सोँच परिविर्तन नभएकै कारण समाजमा व्याप्त रुपमा लैंङ्गिक हिंसाका घटना भइरहेको बताउँदै आफनो घरबाट हिंसाका घटना कम गर्दे समग्र समाजबाटै हिंसाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो” ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङको आयोजना ढोरपाटन नगरपालिकाको सहयोग र सम्मोन्यमा आयोजित कार्यक्रममा अतिथीको रुपमा रहनु भएका ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञवाली, इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवंर, ढोरपाटन नगरपालिका ३ का अध्यक्ष खिम बहादुर वि.क., उत्तरगंगा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक इश्वरी प्रसाद पौडेल, महिला स्वास्थ्य स्वयंम सेवीकाको तर्फदेखि खगिसरा पाण्डे, लगाएतले आफनो धारणा राख्दै लैंङ्गिक हिंसा अन्त्यका निम्ती समुदायमा सचेतना संगै विभिन्न चेतनामुलक अभियान अगाडी बढाउनु पर्नेमा जोड दिएका छन । स्थानीय सरकार, सुरक्षा निकाय, अधिकार कर्मी, समाजका अगुवा प्रत्रकार लगाएत सबैको सक्रिय भुमिका रहन सकेमा लैंङ्गिक हिंसामा कमी हुने बताउनु भयो ।
कार्यक्रममा प्रहरी निरीक्षक एवं इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क. द्धारा कार्यक्रमको विषय वस्तु सहित नेपालमा लैंङ्गिक हिंसा र त्यसको अवस्था, नियन्त्रणको सम्भावना र चुनौती तथा समाजका अगुवाले खेल्नुपर्ने भुमिका, लैंङ्गिक हिंसा हुने अवस्था लगाएतका विषयमा जानकारी व्यक्त गर्नुभएको हो ।
कार्यक्रम ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतको अध्यक्षता, विनोद थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img