बुर्तिबाङ–ढोरपाटन सडक खण्डको विभिन्न ३ ठाउँमा निर्माणको काम हुँदै

मंसिर २१ गते
सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत पर्ने बुर्तिबाङ –ढोरपाटन खण्डको काम पछिल्लो समय निर्माण कम्पनीले विभिन्न ३ ठाउँबाट अगाडी बढाए संगै सडक निर्माणको कामले गति लिने देखिएको छ ।
बुर्तिबाङ लक्ष्मीकुण्ड मोटरबल पुल देखि ढोरपाटन क्षेत्रतर्फ २२ किलोमिटर सडक स्टान्डर्ड ग्राभेलिङको जिम्मा पाएको स्वच्छन्द ओम बुद्ध जेभी कम्पनीले ढोरपाटन नगरपालिका वडा नं. २ अन्र्तगत पर्ने बुर्तिबाङ बजार नजिकै चुरेलाबासमा रक कटिङकोे काम गरिरहेको छ । सडक नै बन्द गरेर बैकल्पिक मार्गबाट सवारीका साधन सञ्चालन गरि सडक निर्माणको काम थालिएको हो ।त्यस्तै ढोरपाटन ५ अन्र्तगत पर्ने बतासे डाँडा क्षेत्रमा सडकको बेस बनाउने काम भइरहेको र र ढोरपाटन ९ मा सुप्राङ क्षेत्रमा समेत रक कटिङको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । आगमी २०८१ बैसाख ४ गते निर्माण सम्पन्न गर्ने गरि जिम्मा पाएको कम्पनीले हालसम्म २५ प्रतिशत मात्र भौतिक प्रगती गरेको छ । अब निरन्तर काम गर्ने र जिम्मेवारी पुरा गर्ने निर्माण कम्पनीका प्रतिनिधी दिपेश लामाले बताए ।


कुल २५ करोड ६१ लाख लागतमा ३० महिनामा ग्राभेलिङ सक्ने गरि २०७८ कात्तिक ५ गते निर्माणको जिम्मा पाएको थियो । निर्माण क्षेत्रको अवलोकन गर्दे गण्डकी प्रदेश सभा सांसद दोर्ण कुमार कुवंर र दिलमाया पौवीले सडक निर्माण क्षेत्रको अवलोकन गर्दे निरन्तर काम अगाडी बढाउन र समस्या परेको खण्डमा स्थानीय सरकार र आफुहरुले समोन्य गर्ने बताउनु भयो । नागरिकलाई सहज हुने गरि बैकल्पीक मार्गको प्रयोग गर्न आग्रह गर्दे सुरक्षा निकायलाई निर्माण क्षेत्रमा सहजिकरण गरिदिन समेत अपिल गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित