निसीखोलामा छैठोँ राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रतिभा पहिचान कार्यक्रम सुरु

मंसिर २७
निसीखोलामा छैठोँ राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रतिभा पहिचान कार्यक्रम बुधबार देखि प्रभा माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको छ ।
निसीखोला गाउँपालिकाको आयोजना तथा प्रभा माध्यमिक विद्यालयको सह –आयोजनामा सुरु भएको कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले उद्धघाटन गर्नुभएको छ ।
आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष घर्तिले विद्यार्थीको प्रतिभा पहिचान गर्न तथा खेलकुदको विकासमा प्रतियोगिताले महत्वपूर्ण टेवा पु¥याउने बताउँदै विद्यार्थीमा निरन्तर अध्ययन संगै खेलकुद र प्रतिभा पहिचानका कार्यक्रम समेत आवस्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रमका अवसरमा निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्ति मगर, गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल, गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर चन्द, वडा नं.१ का अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नं. २ का अध्यक्ष कुविर विश्वकर्मा लगाएतको आतिथ्यता एवंम सुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रमका अवसरमा गाउँपालिका अन्र्तगत रहेको सामुदायिक तथा संस्थागत गरि ९ विद्यालयको सहभागिता रहेको कार्यक्रममा छात्र ÷ छात्रा भलिबल, छात्र÷छात्रा डौड, हाईजम्प, लङजम्प, त्रिपल जम्प, सटफुट लगाएतका खेलकुदमा विद्यार्थीको प्रतिस्प्रर्धा रहने बताइएको छ ।
बुधबार भएको कार्यक्रम अन्र्तगत १०० मिटर डौड छात्र तर्फ उमेश सिंह सुनार प्रभा माध्यमिक विद्यालय प्रथम, दिर्तिय दिनेश वि.क. जनजिवराज मावि, तिर्तिय थान बहादुर घर्ति ज्ञानेन्द्र मावि. रहेको छन । २०० मिटर छात्र तर्फ उमेर सिंह सुनार प्रभा माध्यमिक विद्यालय प्रथम, सुनिल हमाल जनजिवराज मावि. दिर्तिय, निर्मल बुढा देविस्थान मावि तिर्तिय भएको छन ।
त्यस्तै छात्रा २०० मिटर डौड तर्फ तारा क्षेत्री जनजिवराज मावि प्रथम, अनिता जिसी रत्नराज्य मावि दिर्तिय, रिया चन्द प्रभा मावि तिर्तिय, ४०० मिटर डौड छात्र तर्फ गंग बहादुर कुवंर प्रभा मावि प्रथम, , सुनिल हमाल जनजिवराज मावि दिर्तिय, सुरम घर्ति मगर तिलाचन मावि तिर्तिय भएका छन ।
ऋाजै आयोजित छात्रा तर्फको ४०० मिटर डौडमा निमा मगर जनजिवराज सुशिला मावि प्रथम, यम कुमारी वि.क प्रभा मावि दिर्तिय, सिता थापा रत्नराज्य मावि तिर्तिय , ८०० मिटर डौड छात्र तर्फ मनहरि पौडेल प्रभा मावि प्रथम, दुर्वल वि.क जनजिवराज शुसिला मावि दिर्तिय, सुनिल विक. ज्ञानेन्द्र मावि तिर्तिय भएका छन ।
४०० मिटर छात्रा तर्फ सुस्मिता वि.क अर्नाकोट मावि प्रथम, निरुता घर्ति तिलाचन मावि दिर्तिय , निमा मगर जनजिवराज मावि तिर्तिय , १५०० मिटर छात्र तर्फ धुव्र मगर प्रभा मावि प्रथम, सुवास वि.क. ज्ञानेन्द्र मावि दिर्तिय , देवेन्द्र घर्ति रत्नराज्य मावि तिर्तिय भएका छन ।
, छात्रा १र्५०० मिटर तर्फ प्रमिला विक. ज्ञानेन्द्र मावि प्रथम, निरुता घर्ति तिलाचन मावि दिर्तिय, विनीता मगर जनजिवराज शुसिला मावि तिर्तिय भएका छन सटफुट छात्र तर्फ मनु विक रत्न राज्य मावि, दिनेश वि.क. जनजिवराज , लक्षु विक. जनता मावि राजकुट क्रमश प्रथम दिर्तिय र तिर्तिय भएका हुन ।
छात्रा तर्फ सिता घर्ति जनजिवराज मावि, सुचित्रा घर्ति रत्नराज्य मावि, अनिता सुनार प्रभा मावि प्रथम दिर्तिय र तिर्तिय भएका हुन ।
आयोजित कार्यक्रम निसीखोला गाउँपालिका वडा नं. ३ का अध्यक्षा एवंम प्रभा माध्यमिक विद्यालय व्यवस्थापन समिती अध्यक्ष रमेश विक्रम शाहीको अध्यक्षता शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मञ्जु सुवेदीको स्वागत प्रभा माध्यमिक विद्यालयका शिक्षक भुमिराज आर्चायको सञ्चालमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको थियो । भोली बाँकी कार्यक्रम रहने जनाइएको छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img