मंसिर २७
नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं. २ बागलुङको क्षेत्रीय सम्मेलन आगामी मंसिर ३० गते हुने भएको छ । सम्मेलनलाई कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश सर्माले प्रमुख अतिथीको रुपमा सम्वोधन गर्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस क्षेत्रीय सभापती जोकलाल बुढाले बताउनु भयो ।
गत कात्तिक २१ गते तय गरिएको क्षेत्रीय सम्मेलन जाजरकोटमा गएको भुकम्पका कारण पार्टीले देशभर कुनैपनी औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेसंगै कार्यक्रम स्थगित भएकोमा मंसिर ३० गतेका लागी क्षेत्रीय सम्मेलन हुने र आवस्यक तयारी पुरा भएको सभापती बुढाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
आइतबार बुर्तिबाङमा बैठकको आयोजना गर्दे सम्मेलनलाई सफल पार्न जिम्मेवारी बाँडफाँड समेत गरिएको थियो । सम्मेलन प्रचार प्रसार समिती, स्वयंमसेवक परिचालन, अतिथी सत्कार, आर्थिक संकलन, सचिवालय व्यवस्थापन, लगाएतका जिम्मेवारी बाँडफाँड संगै आवस्यक तयारीलाई अगाडी बढाइएको आयोजकले जनाएको छ ।
सम्मेलनमा प्रतिनिधी सभा क्षेत्र नं. २ अन्र्तगत ७ सय जना क्षेत्रीय प्रतिनिधी, पार्टीमा आबद्ध नेता कार्यक्रताको सहभागिता रहने जनाईएको छ ।