एउटा सहकारी बदनाम हुदैमा पद्दती गलत हुदैनः एमाले अध्यक्ष ओली

बुर्तिबाङ मंसिर २०
एमाले अध्यक्ष केपी सर्मा ओलीले सहकारी क्षेत्रमा आउनै नहुनेहरु आएर जनताको रकम डुवाएको आरोप लगाएका छन् । बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दे उनले साना किसानहरुको आफ्नै सहकारी बनाएर चलाएमात्र सम्पत्तिको रक्षा हुने बताए ।
ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीले डेढ अर्ब हिनामिना गरेर फरार भएपछि बागलुङका सयौं बचतकर्ता अलपत्र छन् । स्थानीय स्तर सम्म आर्थिक अबस्था ठप्प छ ।

‘कोही ठग निस्क्यो भन्दैमा पद्दतीलाई बदनाम नगरौं’ ओलीले भने, ‘माछा पालन गर्ने देखि बाख्रा पालन गर्ने किसानको सहकारी बनाएमा कहिले पनि डुब्दैन ।’ राज्यको साधन श्रोत पाउनकालागि पनि सहकारी भने चाहिएको बताए । सहकारी डुवाउने र जनताको पैसा हिनामिना गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने ओलीले बताए ।
समृद्धिको यात्रा अन्र्तगत सुरु भएको अभियानमा बैतडीको झुलाघाट देखि ताप्लेजुङको चिवा भञ्ज्याङ सम्मको समृद्दि यात्रा गरेको समेत दावी गरेका छन् । यात्राकै क्रममा ओली सहित एमालेका १ सय ५० बढी केन्द्रीय नेताहरु बुधवार बागलुङको बुर्तिवाङ आएका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img