जनताको राय नलिएसम्म ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती घोषणा गर्न सक्दैनौँ

बुर्तिबाङ मंसिर २१
ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने विषयमा जनताको राय नलिइकन आफुहरुले कुनै निर्णय नलिने जनप्रतिनिधीहरुले जनाएका छन ।
बिहिबार ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने प्रकृया अगाडी बढाउने विषयमा ढोरपाटन सिकार आरक्ष कार्यालय र देवीबक्स गुल्म ढोरपाटनको संयूक्त आयोजनामा बुर्तिबाङमा बृहत छलफल कार्यक्रममा बोल्ने जनप्रतिनिधीले जनताको राय सुझाव र धारणा नबुझे सम्म जनप्रतिनिधीले मात्रै मध्यवर्ती क्षेत्र घोषणा कार्यक्रममा जिम्मेवारी नलिने बताउँदै बृहत रुपमा यस विषयमा सिकार आरक्ष कार्यालय, जनप्रतिनिधी र स्थानीयबासी विच छलफल गरेर नागरिकको रायका आधारमा अगाडी बढ्न सकिने बताएका हुन । सिकार आरक्षले नियमावी बनाएर अगाडी बढ्नुपर्ने बताउँदै मध्यवर्ती घोषणाले नागरिकका हक अधिकारमा नकारात्मक असर खासै नपार्ने जनाइएपनी जनतालाई प्रस्ट पार्न नसक्दा सम्म आफुहरु मात्रै जिम्मेवार बनेर अगाडी बढ्न नसकिने अवस्था रहेको बताएका हुन ।
उनिहरुले ढोरपाटन सिकार आरक्षले हाल कायम रहेका ब्लकलाई बृद्धि गर्नुपर्ने, स्थानीय तहसंग समोन्य गर्नुपर्ने, सिकार आरक्षभित्र रोकिएका सडकलाई पूर्णता दिन सहजिकरण गरिदिनुपर्ने, स्थानीयलाई रोजागरीमा जोड्न सहजिकरण गर्नुपर्ने बताउँदै आफनो धारणा राखेका छन ।
ढोरपाटन सिकार आरक्ष क्षेत्र संग जोडिएका बागलुङ, म्याग्दी र रुकुम पुर्वका पाँच पालिकाका जनप्रतिनिधी र गण्डकी प्रदेश सभाका माननिय विचमा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको हो ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख विरेन्द्र कंडेलले मध्यवर्ती क्षेत्र घोषणाको सन्दर्भमा बोल्दै मध्यवर्ती क्षेत्रको अवस्था, कानुनी अवस्था,मध्यवर्ती क्षेत्रको महत्व, आधारहरु लगाएतका विषयमा प्रकाश पार्नुभयो
कंडेलले थप बोल्दै “मध्यवर्ती क्षेत्र घोषणा भएमा स्थानीय विकासको निम्ती ३० देखि ५० प्रतिशत राजश्व खर्च गर्न सकिने बताउँदै स्थानीय नागरिकले उपभोक्ता समिती गठन गरेर घाँस दाउराको प्रयोग गर्न पाउने, राजश्व परिचालन तथा जिवीको उर्पाजनमा टेवा पुग्ने लगाएतका बिषयमा प्रस्ट पार्नुभएको थियो ” ।
कार्यक्रममा विभिन्न सातवटा बुँढामा छलफल गरिएको थियो जसमा नेपाल र ढोरपाटन सिकार आरक्षले संरक्षणमा चालेका रणनिती तथा बिधी, गतिविधीका विषयमा जानकारी, वन्य जन्तु तथा वनस्पतिको चोरी शिकार, निकासी,अबैध ब्यापार तथा ओसारपसार नियन्त्रण, अतिक्रमण तथा भुमी व्यवस्थापन, सिकार व्यवस्थापन, अन्तर जिल्ला तथा ब्लक सिमाना बिवाद, मध्यवती क्षेत्र घोषणा र नियमावलीका विषयमा छलफल गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी दोर्णकुमार कुवंरले बोल्दै सदियौँ देखि भोगादिकार गर्दे आएका मुलबासीलाई सिकार आरक्ष कार्यालयले सतहमा पुगेर मध्यवर्तीको अवस्थाका विषयमा बुझाउन नसक्दा पनी सिकार आरक्ष र स्थानीय नागरिक विचको दुरी टाढा भएको बताउँदै नागरिक संगको अन्र्तकृया, छलफल बाट मात्रै निकास सम्भवन भएको बताउनु भयो ।
यहाँका नागरिकको हक अधिकार हनन हुन नदिने यहाँको जल,जमिन, खनिजको समेत स्थानीय नागरिकले लाभ प्राप्त गर्न पाउने गरि राज्यले काम गर्नुपर्ने बताउँदै पुर्खाेँ देखि बस्दै आएका नागरिकको अधिकार सुनिश्चत गर्दे अगाडी बढ्नुपर्ने बताउनु भयो । सिकार आरक्षको नियमावली वनाएर अगाडी बढ्न आवस्यक रहेको बताउँदै संघिय सरकार मार्फत कानुनी परिवर्तन गर्नुपर्ने भएका कारण केहि समस्या रहेको भएपनी यहाँका नागरिक र सिकार आरक्ष सम्मोन्य गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
ढोरपाटन सिकार आरक्षले विभिन्न विकास निर्माणमा जनता संग सम्मोन्य गर्दे आइरहेको बताउँदै सिकार आरक्ष क्षेत्रमा कानुनी झन्जटका कारण रोकिएका सडक मार्गलाई जोड्न र यहाँका प्रर्यटन प्रर्वधन, पदमार्ग जोगाउन सबैले साथ दिनुपर्ने बताउनु भयो । कार्यक्रमका अवसरमा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले बोल्दै सिकार आरक्षले जनता संग सम्मोन्य गर्न सकेमा मात्र सहज हुने बताउँदै जनताको समस्यालाई राज्यले सम्वोधन गर्ने गरि अगाडी बढनुपर्ने बताउनु भयो । उहाँले कानुनी पाटो संगै कतिपय व्यवहारीक तवरले पनी स्थानीय नागरिक संग सम्मोन्य गर्दे उनिहरुको हक अधिकारलाई पनी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिमगर, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ति, म्याग्दीको धवलागिरी गाउँपालिका जनप्रतिनिधी, वडा अध्यक्षहरु लगाएतको मन्तव्य रहेको थियो ।
कार्यक्रममा ढोरपाटन नगरपालिका कार्यवाहक मेयर तथा कार्यक्रमका अध्यक्ष धन बहादुर कायतले बोल्दै आफुहरु जनताको पक्षमा बोल्नुपर्ने र जनताकै पक्षमा उभिनुपर्ने अवस्था रहेको बताउँदै ढोरपाटनलाइ मध्यवर्ती घोषणा गर्नका निम्ती जनताको रायनै अन्तिम हुने बताउनु भयो ।
मध्यपर्ती घोषणा गरेर मात्रै यहाँको विकास हुने भन्ने भावना राख्नु भन्दा ६ बर्षमा ९ करोड मात्र राजश्व उठाउन सफल भएको सिकार आरक्षले यहाँका नागरिक संग सम्मोन्य गरि अगाडी बद्ने र प्रर्यटन मार्फत अगाडी बढ्न सकेमात्रै पनी बार्षिक रुपमा करोडौँ रकम राजश्व संकलन गर्न सकिने बताउनु भयो ।
आरक्षलाई मात्र दोष दिएर नहुने बताउँदै संघिय कानुन परिमार्जन नगर्दा सम्म जनताको समस्या सम्वोधन नहुने बताउँदै यहाँबाट निर्वाचित संघिय सांसदले पनी निती संसोधन गर्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रमबाट जनताको विचमा पुगेर मध्यवर्ती घोषणा गर्नका निम्ती जनतालाई बुझाउने र उनिहरुको राय लिने, सिकार आरक्ष क्षेत्र अन्र्तगत पर्ने विभिन्न अवरुद्ध सडकलाई पूर्णता दिन जनप्रतिनिधी, स्थानीय र सिकार आरक्ष कार्यालय विच सम्मोन्य गरेर अगाडी बढ्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित