लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : वडिगाड गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम

वडिगाड मंसिर १८ गते
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वडिगाड गाउँपालिकामा विशेष सचेतना मुलक कार्यक्रम संगै अन्तरक्रियाकार्यक्रम गरेर सोमबार सम्पन्न भएको छ ।
“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ” भन्ने मुल नाराका साथ वडिगाड गाउँपालिका कार्यालयको आयोजनामा महिला जनप्रतिनिधी, कर्मचारी, लगाएतको विचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा रहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचनले बोल्दै “सतिप्रथा देखि सुरु भएको हिंसा अझैपनी धर्म, संस्कार, परिवारको रहन सहन देखि सामाजिक क्षेत्रमा हिंसाका घटना ताजै रहेको बताउँदै हिंसा अन्त्यका निम्ती सबैको चेतना मुलक र जागरण मुलक भुमिका महत्वपूर्ण रहने बताउनु भयो ” ।
समाज, घर परिवारबाटै बढि मात्रामा हिंसा हुने भएका कारण त्यसलाइ कम गर्नका निम्ती नेपाल सरकारले मात्र नभई स्थानीय समुदायमा रहेका सक्षम व्याक्तित्वबाट हिंसा रोकथाममा भुमिका खेल्नुपर्ने बताउनु भयो । नेपालमा आधा भन्दा बढि जनसँखया रहेको महिलालाई हरेक क्षेत्रबाट पछि पार्ने परिपाटी रहेको बताउँदै महिलालाई हरेक क्षेत्रबाट अगाडी नसार्दा सम्म देशको विकास नहुने बताउनु भयो ।

  
कार्यक्रमका अध्यक्ष वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बोल्दै महिला आन्दोलनबाट मात्रै महिलाको हक अधिकार सुनिश्चत हुँदै गएको बताउँदै अझैपनी समाजमा प्रर्याप्त मात्रामा महिला हिंसाका घटना घटिरहेको बताउनु भयो । समाजमा चेतनाको अभाव, आर्थिक कारण, पुरानत बादी सोँच, पुरुष प्रधान समाज लगाएतका कारण महिला हिंसा कायम रहेको बताउँदै त्यसको अन्त्यका निम्ती किसोरी शिक्षा, मनोपरामर्स संगै सचेतना मुलक कार्यक्रम आवस्यक रहेको प्रस्ट पार्नुभयो । महिलाहरु ऋार्थिक रुपमा सवल नहुन्जेल सम्म पनी हिंसा सहुनपर्ने बाध्यता रहेको बताउँदै आय आर्जनका काम गरेर आर्थिक रुपमा सक्षम बन्नुपर्ने बताउँदै“वडिगाड गाउँपालिकाले प्रत्यक विद्यालयमा पुगेर किसोरी शिक्षा, समाजमा सचेतना मुलक कार्यक्रम संगै मनोपरामर्सका कार्यक्रम गर्ने बताउनु भयो ” ।

कार्यक्रममा अथितीको रुपमा रहनुभएका मानब अधिकार संगठन बागलुङका अध्यक्ष लक्ष्मी देवी जि.सी.ले बोल्दै नेपालमा पछिल्लो समय हिंसाका घटनामा बृद्धि भइरहेको बताउनु भयो । बागलुङमा समेत किसोर शिक्षामा कमि रहेका कारण बाल अवस्थामा हुने विवाह, समाजमा रहेका कुरिती र कुसंस्कार, धार्मिक संस्कार जस्ता कारणले अझैपनी महिला हिंसा रहेको बताउँदै महिला पुरुष विच शशक्तिकरण नभएसम्म विकास समृद्धि र हिंसाको अन्त्य सम्भव नभएको बताउनु भयो । बालबालीका, महिलामाथी हुने लैङ्गिक हिंसा कानुनी प्रकयाका बिषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क.ले नेपालमा लैङ्गिक हिंसा र त्यसको अवस्था, लैङ्गिक हिंसा हुने अवस्था लगाएतका विषयमा बोल्दै हिंसा आफन्त, छिमेकी र परिवारबाटै बढि हुने गरेको तथ्य प्रस्ट पार्नुभयो । साथै समाजमा हुने लैङ्गिक हिंसामा कानुनी उपचार, पछिल्लो समय देखिएको साईवर अपराध जस्ता विषयलाई समेत प्रस्ट पार्नुभएको हो ।
कार्यक्रमका अवसरमा गाउँपालिका उपाध्यक्ष भिमशेन वन, वडा अध्यक्ष लगाएतको आतिथ्तया एवं मन्तव्य रहेको थियो । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारीद्धारा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दे स्वागत मन्तब्य राख्नु भएको थियो आयोजित कार्यक्रम महिला बालबालीका तथा समाजकल्याण शाखा प्रमुख गितादेवी रेग्मी सर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित