सिवाईसी साकोसको १४ औँ साधारण सभा: गरिबी विरुद्धको लडाँईमा सहकारीको भुमिका महत्वपूर्ण

बुर्तिबाङ मंसिर ८ गते
सिवाईसी बचत तथा ऋण सहकारी सँस्थाको १४ औँ बार्षिक साधारण सभा शुक्रबार विभिन्न सेवा केन्द्रमा सम्पन्न भएका छन । गत मंसिर ७ गतेदेखि सुरु भएको साधारण सभा विभिन्न सेवा केन्द्रमा सुचारु भएको हो ।
शुक्रबार पश्चिम बागलुङको ढोरपाटन सेवा केन्द्र बुर्तिबाङ, निसीखोला सेवा केन्द्र झिवाखोला, नमुना स्वाभिमान सेवा केन्द्र भिमगिठे, तमानखोला सेवा केन्द्र बोङगादोभानमा कार्यक्रम सम्पन्न भएको छ । साधारण सभामा बोल्ने बक्ताहरुले गरिवी विरुद्धको लडाईँमा सहकारीले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताएका छन ।

बुर्तिबाङ सेवा केन्द्रमा आयोजित कार्यक्रमलाई गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले प्रमुख अतिथीको रुपमा उद्घाटन गर्दे सहकारीले गरिब र धनी वर्ग विचको दुरीलाई नजिक बनाउने काम गरिरहेको बताउनु भयो । सांसद कुवँरले बोल्दै देश सहकारी मोडलमा चलिरहेको बताउँदै सहकारी बास्तबमा भुँई मान्छेको समृद्धिको माध्यम रहेको प्रस्ट पार्नुभयो ।
बागलुङमा सिवाईसी सहकारीले सेयर सदस्यको समृद्धि, आर्थिक उर्पाजन र उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउँदै सहकारीको प्रगतीको कामना गर्दे केही व्याक्तिले व्याक्तीगत स्वार्थमा सहकारी खोलेर कमाई खाने भाँडो बनाईरहेका कारण त्यसबाट सम्पूर्ण नागरिक सचेत हुन्ुपर्नेमा जोड दिनुभयो । इमेज सहकारी सँस्थाले पारेको नकारात्मक प्रभावको विषयमा बोल्दै सांसद कुवँरले चाँडै दोषिलाई कानुनी कठघरामा ल्याएर आवस्य कार्वाही संगै पिडितलाई न्याय दिने बिषयमा राज्य गम्भिर बन्न आवस्यक रहेको बताउँदै दोषि चाँडै कानुनी कठघरामा आउने बताउनु भयो ।


कार्यक्रममा बिशिष्ठ अतिथीको रुपमा रहनु भएका गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौवीले बोल्दै सिवाईसी सहकारीले वचत तथा ऋण संगै सेयर सदस्यका निम्ती ल्याएका विभिन्न कार्यक्रमले निकै सहज बनाएको बताउँदै बालबच्चा, यु्वा देखि जेष्ठ नागरिकलाई समेटेर सहकारीले दिगो लक्ष्य र उदेश्य सहित गरिएका कार्यले सहकारीको उज्वल भविष्य रहेको बताउनु भयो ।
कार्यक्रमका अवसरमा सिवाईसी साकोसका शिक्षा उपसमिती संयोजक सिता सर्मा, पत्रकार छविलाल पाण्डे, बुर्तिबाङ सेवा केन्द्रका परामर्स दाता हिरालाल पौडेल, सेयर सदस्य गिता पौडेल लगाएतको शुभकामना मन्तब्य रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी साझा रुपमा सेयर धनिको अपनत्व रहने संस्था रहेका कारण त्यसको व्यवस्थापनमा सेयर धनी चनाखो बन्नुपर्ने बताउँदै सिवाईसी सहकारीले लिएका उदेश्य गरिवी उन्मुलन मुखि रहेको बताएका थिए ।

कार्यक्रममा बुर्तिबाङ सेवा केन्द्रका कोषाध्यक्ष केश कुमारी बुढा द्धारा आर्थिक बर्ष २०७९÷०८० को आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । सहकारीको २५ हजार सेयर सदस्य, २६ सेवा वटा केन्द्रबाट सेवा प्रवाह गर्दे आइरहेको छ ।
दुई अर्ब ४० करोड ९ लाख ६७ हजार ७२ रुपैयाँ कुल पुँजी तथा दायित्व, शेयर पुँजि ३९ करोड ४४ लाख ४४ हजार, बचत ÷निक्षप तर्फ १ अर्ब ३८ करोड, ४५ लाख, १ हजार पाँच सय ८३ रुपैयाँ, ऋण लगानी तथा अशुली तर्फ १ अबै ४५ करोड, ९३ लाख ७९ हजार ११९ रहेको छ । आफनै केन्द्रिय भवन खरिद गरेको सहकारीले आगामी बर्ष ३० हजार सेयर सदस्य १० हजार बाल बचत कर्ता पु¥याउने लक्ष्य लिइएको छ ।
कार्यक्रममा सेवा केन्द्रका सचिव चन्द्रकुमार गौतम द्धारा बार्षिक प्रगती प्रतिवेदन, सेवा केन्द्र प्रमुख गँगा देवी थापाद्धारा सेवा केन्द्रको विषयमा प्रतिवेदन प्रस्तुत गनर््भएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता, बाल बचत कर्ता, उत्कृष्ट ऋणी सम्मान गरिएको छ । सेवा केन्द्र उपसंयोजक अविन महतको अध्यक्षता, सचिव चन्द्रकुमार गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
निसीखोला सेवा केन्द्र:
जिल्लाको निसीखोला सेवा केन्द्र झिवाखोला बजारमा बार्षिक साधारण सभा सम्पन्न भएको छ । सेवा केन्द्रका अध्यक्ष हुतराज भुषालको अध्यक्षतामा आयोजित कार्यक्रमको निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिले कार्यक्रमको प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ

कार्यक्रममा बोल्दै प्रमुख अतिथी घर्तिले सिवाईसी सहकारीले गरिवी निवारण र सेयर सदस्यलाई उत्पादन तथा बचत गर्ने बानीको विकासमा महत्वपूर्ण सहयोग पु¥याएको बताउँदै सहकारी जनताको, गरिवी, मजदुर र उत्पादनमा भविष्य खोज्नेहरुको सहारा बन्नुपर्नेमा जोड दिनुभयो । सहकारीको बिकासका निम्ती निसीखोला गाउँपालिकाले आवस्यक सहयोग गर्दे जाने बताउनु भयो । गाउँपालिकामा धेरै सहकारी संस्था हुँदै गर्दा कृर्षि उत्पादन, बजारीकरण जस्ता क्षेत्रमा समेत अगाडी बढ्न सुझाव दिनुभयो 
कार्यक्रमका अवसरमा गण्डकी प्रदेश पुर्व साँसद खिम विक्रम शाही, निसीखोला गाउँपालिका पुर्व अध्यक्ष तारानाथ पौडेल, सिवाईसी साकोसका केन्द्रिय अध्यक्ष चण्डी प्रसाद पौडेल लगाएतको आतिथ्यता एवं शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम भुमिराज आर्चायले सञ्चालन गर्नुभएको हो ।

नमुना स्वाभिमान सेवा केन्द्र वडिगाड:
जिल्लाको वडिगाड गाउँपालिका ६ मा रहेको नमुना स्वाभिमान सेवा केन्द्रमा शुक्रबार आयोजित कार्यक्रम वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ । कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष थापाले हुने खाने र हुँदा खाने वर्गको साझा माध्यम सिवाईसी सहकारी रहेको बताउनु भयो ।

सहकारीको मर्म भावना संगै सेयर सदस्यलाई विभिन्न सेवा प्रवाह गर्दे आईरहेको सहकारीले स्वरोजगार, बचत गर्ने बानीको विकास सँगै सहज र सरल तवरले सेवा प्रवाह गरिरहेकोमा सहकारीको थप सफलताको कामना व्यक्त गर्नुभयो । कार्यक्रमका अवसरमा संस्थाको तर्फदेखि प्रमुख कार्यकारी अधिकृत नवराज सर्मा द्धारा संस्थाको बाषिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा आर्थिक प्रतिवेदन, प्रगति प्रतिवेदन, भावि लक्ष्य लगाएतका विषयमा प्रतिबेदन प्रस्तुत गरिएको थियो , अशल बचत कर्ता, असल ऋणी सम्मान बाल बचत कर्ता सम्मान गरिएको कार्यक्रममा सेवा केन्द्रका उपसम्योजक मित्र प्रसाद चालिसको अध्यक्षतामा आयोजित कार्यक्रम सचिव दिपक रायमाझीले सञ्चालन गर्नुभएको हो ।

तमानखोला सेवा केन्द्र:
तमानखोला सेवा केन्द्रमा आयोजित कार्यक्रम तमानखोला गाउँपालिका वडा नं. ३ का अध्यक्ष झक बहादुर बुढाले कार्यक्रममा प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ । प्रमुख अतिथी बुढाले बोल्दै सिवाईसी सहकारी सुगम देखि दुर्गम सम्म पुग्दै सेवा प्रवाह गरिरहेको बताउँदै सिवाईसीले दिएको सेवा प्रवाह आम नागरिकका निम्ती निकै सुविधा उपयोगी रहेको बताउनु भयो ।

 


सहकारीको मर्म र भावना बमोजिम अगाडी बढेको सहकारीले जनताको बचत सुरक्षा, ऋण प्रवाह संगै विभिन्न आर्कषक सेवा सुविधा उपलब्ध गराउँदै गर्दा गरिवी अन्त्यका निम्ती खुलेका सहकारी सबै सिद्धान्त अनुसार अगाडी बढन्ुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा सहकारीका केन्द्रिय सदस्य मेशलाल सर्मा लगाएत समाजसेवी, बुद्धिजिवीको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम सेवा केन्द्रका अध्यक्ष ध्रु्रब शेरचनको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सहकारीले आगामी मंसिर १६ गतेसम्म १४ औँ बार्षिक साधारण सभा सम्पन्न गर्दे सहमतीय प्रणालीबाट अधिवेशन समेत सम्पन्न गर्ने तयारी गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित