बुर्तिबाङ मंसिर ५ गते
इमेज सहकारी संस्थाबाट बचतकर्ताहरूको बचत रकम अपचलन गरेको आरोप लागेपछि फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको बताएका छन् ।
सहकारीमा देखिएको समस्या समाधान गर्न तयार रहेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर नेपालीले सम्पत्ति विवरण सार्वजनिक गर्दै बचतकर्तालाई फिर्ता गर्न तयार रहेको बताएका हुन् ।
उनीविरुद्ध हजारौं बचतकर्ताले करोडौं ठगी गरिएको भन्दै उजुरी परेको छ । आफू मेयर भएकाले सहकारीमा समय दिन नसकेको कारण र सबै बचत कर्ताले एकै पटक बचत फिर्ता माग्न आउँदा सहकारीमा समस्या भएको बताएका छन् ।
आफुले बचत कर्ताको रकम फिर्ता गर्ने समय माग्दै गर्दा समेत आफनो र परिवारको असुरक्षा बढेका कारण केही समयका लागी आफुले ढोरपाटन छोडेको बताउँदै उनले सहकारी समस्या को समाधान तथा हिसाब मिलाउनका आफ्नो सम्पत्ति बेचेर हिसाब मिलान गर्ने समय माग्दा पनि समय नपाएपछि आफू घर छोडेर हिँड्न बाध्य भएको बताएका छन् ।
फरार मेयर नेपालीले आफू र श्रीमतीको नाममा भएको ३ अर्ब भन्दा बढी सम्पत्ति मालपोत कार्यालयमा गएर हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।
नेपालीले दिएको विज्ञप्ती
मेयर नेपालीका अनुसार बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा रहेका ४५ कित्ताहरुमध्ये बुर्तिबाङ मा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सहकारी ठगी मुद्दामा फरार सूचीमा रहेका मेयर नेपालीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिबारे प्रहरी अनभिज्ञ रहेको प्रतिक्रिया दिए ।
‘उहाँ ९मेयर नेपाली०ले लेख्नुभएको विषय हामीलाई केही आएको छैन । कानुन अनुसार फरार सूचीमा रहेका व्यक्तिहरुलाई प्रहरीले खोजिरहेको छ,’ विकले भने ।
देबकुमार नेपाली र श्रीमतीको नाममा बुर्तिबाङमा रहेको जग्गा विवरण
उनले सहकारीका बचतकर्ताहरुले प्रहरी कार्यालयमा आएर उजुरी बारे समय समयमा जानकारी लिने गरेको समेत बताए ।
यता बचत कर्ताले पुनह इमेज सहकारी व्युताउने तयारी गरिरहेका बेला नेपालीले चलाखी पूर्ण तरिकाले फेसबुकमार्फत भिडियो राख्दै फेरी पनी आफुहरुलाई भ्रमित पार्न खोजको आरोप लगाएका छन ।