Gene x Pert मेशिन द्धारा बुर्तिबाङ स्वास्थ्य केन्द्रमा नि :शुल्क क्षयरोग परिक्षण हुने

छविलाल पाण्डे
मंसिर ६ गते
बागलुङ जिल्लामा क्षयरोग टिबि) रोगका बिरामी बद्दो क्रममा रहेको अवस्थामा अबदेखि बुर्तिबाङ स्वास्थ्य केन्द्रबाट क्षयरोगको परिक्षण हुने भएको छ । हालसम्म जिल्लामै धवलागिरी अञ्चल अस्पत्ताल बागलुङबाट मात्रै चेकजाँच हुँदै आएकोमा अबदेखि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट चेकजाँच तथा औषधि उपचार सेवा सुचारु भएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रतिनिधी संकर प्रसाद कँडेलले बताउनु भयो ।
धवलागिरी अञ्चल अस्पत्तालमा रहेका –Gene x Pert  दुई वटा मेशिन सहित आवस्यक सामाग्रि बुर्तिबाङ स्वास्थ्य केन्दमा ढोरपाटन नगर स्वास्थ्य संयोजक केशव थापा र बुर्तिबाङ स्वास्थ्य केन्द्रका निमित्त प्रमुख डा.रचना सुवेदीलाई मंगलबार हस्तान्त्रण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण सर्मा बताउनु भयो ।
धवलागिरी अस्पत्तालमा हाल नयाँ Gene x Pert मेशिन उपलब्ध भएसंगै त्यहाँ सञ्चालित मेशिन बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपलब्ध गराइएको जनाइएको छ ।
बागलुङमा आर्थिक बर्ष २०७९÷०८० को तथ्याँक अनुसार बागलुङ जिल्लामा २३५ जना रहेकोमा वडिगाड गाउँपालिका जिल्लाकै क्षयरोगको हब बन्दै गएको छ जिल्लाको कुल सँख्या मध्ये करिब ५० प्रतिशत सँख्या वडिगाड गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ट निरीक्षक देब प्रकाश घिमिरेले बताउनु भयो ।
परिक्षण गरिएको मध्ये उक्त सँख्या रहेको भएपनी यो सँख्या अझ धेरै रहेको हुन सक्ने बताउँदै यसबाट बच्न समयमै चेकजाँच र उपचार प्रभावकारी हुने भएको र लुकेर रहेका विरामीलाई परिक्षणको दायरामा ल्याउने गरि पश्चिम बागलुङमा सहज हुने जिल्ला जन स्वास्थ्य कार्यालय बागलुङका प्रमुख आचार्यले बताउनु भयो ।
प्रति विरामीको क्षयरोग चेकजाँच गर्दा ३५ सय रुपैयाँ खर्च हुने भएपनी नेपाल सरकारले खर्च व्यवस्थापन गर्दे आएको छ ।
बागलुङ जिल्लामा प्रत्यक बर्ष बद्दो क्रममा रहेको पाइएको छ । बार्षिक रुपमा जिल्ला ३८ हजार सम्म संक्रमित व्याक्ति फेला परेको र नेपालबाट शन २०५० मा क्षयरोग मुक्त गर्ने सरकारको लक्ष्य रहेको छ ।
एक प्रकारको किटाणुको कारणले लाग्ने यो रोग मानिसको शरिरमा रोग संग लड्ने क्षमता कमजोर हुँदै गर्दा बढि मात्रामा क्षयरोग हुने देखिएको र दुई हप्ता वा सो भन्दा बढि सम्म खोकी लाग्ने, खान मन नलाग्ने, खकारमा रगत देखिने जस्ता लक्ष्यण क्षयरोगका हुन सक्ने भएका कारण विरामीले समयमै चेकजाँच गरेमा निःशुल्क रुपमा उपचार हुने स्वास्थ्य कर्मीको भनाई छ । नेपालमा क्षयरोगका कारण बार्षिक १६ हजार सम्म विरामीको मृत्यु हुने गरेको तथ्यांक छ । नियमित रुपमा औषधी शेवन गरेमा रोग निको हुने स्वास्थ्य कर्मीको भनाई छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img