बुर्तिबाङ कात्तिक २६
इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ता (इमेज पिडित) द्धारा बुर्तिबाङमा ¥याली सहित कोण सभा गरेका छन । ढोरपाटन नगरपालिकाका मेयर तथा इमेज सहकारीका अध्यक्ष देव कुमार नेपाली सहित सञ्चालक समितीमा रहेका पदाधिकारी सहकारीको करोडौँ रकम हिनामिना पारेर फरार भएको ६ महिना बित्दै गर्दा समेत राज्य संयन्त्रले निजलाई प्रकाउ गर्न नसकेको भन्दै आक्रोसित पिडितले आफुहरुले न्याय नपाउञ्जेल आफनो लँडाई जारि रहने बताएका छन ।
गत जेठ ५ गतेदेखि फरार रहेका देवकुमार नेपाली हालसम्म सम्पर्कमा नरहनु र राज्य संयन्त्रको सुस्त रुपमा भइरहेको अनुसन्धान प्रकृयाले पिडितले लामो समय सम्म पनी न्याय पाउन नसकेको संघर्ष समितीका अध्यक्ष डिल बहादुर कार्कीले बताउनु भयो ।
लामो समय सम्म पनी पिडितले न्याय पाउन नसकेको भन्दै राज्यका सबै निकायमा न्यायको खोजीमा पुगिसकेको तर हालसम्म फरार व्याक्ति प्रकाउ पर्न नसक्दा पिडितलाई न्याय पाउन थप समस्या भएको कार्कीको भनाई छ ।
उहाँका अनुसार राज्यको कानुनी प्रकृया पनी अगाडी बद्दै गर्छ संगै अब तत्काल सेयर सदस्य र बचतकर्ता पिडितहरुकै सक्रियतामा इमेज सहकारी संस्थालाई ब्युँताउने र सहकारीलाई पुनह सञ्चालन गर्ने गरि आफुहरु प्रकृयामा अगाडी बढिएको बताउँदै आफुहरुको वचतलाई जुन कुनै हालतमा फिर्ता गर्ने गरि पिडितहरु लागिरहेको बताउनु भयो ।
संघर्ष समिती गल्कोट शाखाका संयोजक मञ्जु सर्माले बोल्दै न्याय खोज्न प्रहरी, प्रशासन, सहकारी नियामक निकाय देखि मन्त्री, प्रधानमन्त्री सम्म आफुहरु पुगेपनी हालसम्म न्याय पाउन नसकिएको बताउँदै अब फेरी सबै पिडित एकढिक्का भएर कानुनी प्रकृया संगै सहकारी ब्युँताउने अभियानमा जुट्नुपर्ने बताउनु भयो ।
पिडितले अध्यक्ष नेपाली सहित ११ जना सञ्चालक समिती विरुद्ध जिल्ला अदालतमा कुल एक अर्ब ३० करोड बिगोदावी सहित १५ सय ४३ जनाले मुद्धा दर्ता गराएका हुन । इमेज सहकारीबाट बागलुङ बजार, बुर्तिबाङ, गल्कोट, र पोखराबाट गरी हजारौँ नागरिकको रकम कुम्लयाएर देवकुमार नेपाली भागेका हुन ।
कार्यक्रममा बुर्तिबाङ संघर्ष समिती संयोजक यम बहादुर कुवंर, सदस्य पदम छन्त्याल, बचत कर्ता तम बहादुर कार्की लगाएतले बोलेका हुन ।
पिडितहरुले बुर्तिबाङमा रहेको देवकुमार नेपाली बस्दै आएको दरबार होटलको घरको ताला फोड्ने र पिडितहरुले नै घरको प्रयोग गर्ने गरि बागलुङ, गल्कोट र बुर्तिबाङका पिडित उपश्थित भएपनी ताला फोड्न प्रशासनले रोक लगाएतको छ । आगामी शुक्रबार बागलुङमा छलफल गरेर मात्रै अगाडी बढ्ने सहमती पछि पिडितले आफनो थप कार्यक्रम रोकेका हुन । बुर्तिबाङ प्रहरी चौकीमा प्रदेश माननिय दिलमाया पौवी, वडा नं. १ का अध्यक्ष वान बहादुर छन्त्याल, प्रहरी र संघर्ष समिती विच बैठक बसेपनी प्रहरी प्रशासनले ताला फोड्न दिने आफुहरुलाई अनुमनी नभएको बताएको छ । फरार रहेका नेपालीले बैँक वित्तिय संस्थाबाट ३५ करोड बढि ऋण लिएको समेत खुलेको संघर्ष समिती अध्यक्ष कार्कीले बताउनु भयो । राष्ट्रिय सहकारी बैँकले कर्जा चुक्ता गर्न अनुरोध सहित ३५ दिने सुचना प्रकाशन गरिसकेको छ ।