spot_img

सिटिजन लाइफद्वारा म्याग्दीको दुर्गम क्षेत्रमा बृहत् स्वास्थ्य शिविर सम्पन्न

बागलुङ
कात्तिक २४ गते
सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको आयोजना साथै मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग, लोमस फार्मास्युटिकल को मेडिकल सहयोग अनि रघुगङगा गाउँपालिका संगको सहकार्यमा रघुगङगा गाउँ पालिका वार्ड नम्बर ७ चिमखोला म्याग्दीमा कात्तिक २२ गते एक दिने बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालको आँखा तथा जनरल मेडिसिन बिभागका बिशेषज्ञहरु सहितको टोली र दिगो क्लिनिक बेनीको ल्याब टेक्निसिएनको टिमले एक दिने शिवीर मा स्थानीय नागरिकलाई निः शुल्क स्वास्थ्य परिक्षण संगै औषधि उपचार गरिएको हो ।

आँखा तथा जनरल मेडिसिन साथै सुगर जाँच समेत भएको उक्त शिविरमा ७१ जनाको आँखा परीक्षण , १०९ जनाको सुगर परीक्षण , २१९ जनाको जनरल स्वास्थ्य परीक्षण गरिएको थियो ।सिटिजन लाइफले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रहि विभिन्न कार्यक्रम गर्ने क्रममा म्याग्दीको दुर्गम क्षेत्र लक्षित कार्यक्रम गर्न सफल भएको जनाइएको छ ।

आयोजित कार्यक्रममा रघुगङ्गा गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष ठग बहादुर पाइजा पुनले पोखरा देखी टाढा दुर्गम गाउँमा आएर सिटिजन लाइफ इन्स्योरेन्सले गरेको निःशुल्क स्वास्थ्य परीक्षण र निःशुल्क औषधी बितरण कार्यको प्रशंसा गरेका थिए । सिटिजन को आयोजनामा मणिपाल सङ्गै रघुगँगा गाृउँपालिका को ७ वटै वडादेखि स्वास्थ्य स्वयम् सेविकाहरुको सकृय उपस्थिति रहनुका साथै स्वास्थ्य कार्यलय देखि उपस्थित कर्मचारीहरुको कृयाशिलताले बृहत् शिविरमा गाउँलाई नै स्वास्थय सेवा दिन सकिएको सिटीजन लाइफ इन्सोरेन्स कम्पनीका मध्य तथा मध्य पश्चिम क्षेत्रका प्रमुख व्यावसाय अधिकृत सुनिल पोखरेलले बताए ।

मणिपाल शिक्षण अस्पताल , दिगो क्लिनिक तथा वार्ड कार्यालयसँग सहकार्य गरेर दुर्गम गाउँमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न पाउदा निकै खुशी लागेको उनको भनाई छ । पोख्रेलले आउँदा दिनमा पनि मणिपाल सँग मिलेर अन्य स्थानहरुमा यस्तै परोपकारका कार्यमा हातेमालो गर्दै जोडीन सकिने बताए । मणिपाल शिक्षण अस्पतालका सहाएक प्रबन्धक खिम बहादुर लामिछाने ले मणिपाल शिक्षण अस्पतालको सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा देशका बिभिन्न स्थानहरुमा बिभिन्न संघ संस्थाहरुसँग मिलेर नि ः शुल्क स्वास्थ्य शिविरहरुमा प्राविधिक सहयोग तथा निःशुल्क औषधीहरु बितरण गर्ने गरेको बताए ।

कार्यक्रममा बेनी शाखा प्रमुख भावना पौडेल सुबेदी ले संस्थाले देश ब्यापी रुपमा बिभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, औषधी बितरण तथा रोगहरु सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु, रक्तदान , शैक्षिक सामग्री वितरण न्यानो कपडा वितरण साथै समाजमा बित्तिय साक्षरता अभिवृध्दि लगाएत धेरै सेवामुलक कार्यहरु समेत गरिरहेको बताईन । शिविरमा स्थानीय जनप्रतिनीधि , सिटिजन लाइफका गण्डकी प्रदेश प्रमुख छविलाल पौडेल, एरिया शाखा प्रमुख दिपेन्द्र लम्साल, एजेन्सि मेनेजरहरु साथै स्थानीयको उत्साहजनक उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित