
छविलाल पाण्डे कात्तिक २३
गत कात्तिक २० गते राती ढोरपाटन नगरपालिका २ मलकटिबाङमा ट्याक्सी दुर्घटनामा परि ज्यान गुमाएका वडिगाड गाउँपालिका ६ का अश्विन परियारको परिवारलाई बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा.ली द्धारा नगद राहात रकम हस्तान्त्रण गरिएको छ ।
यातायात समितीमा आवद्ध रहेर ट्याक्सी चलाउँदै आएका परियारको दुर्घटनामा मृत्यु भएको थियो ।
आर्थिक अवस्था निकै कमजोर रहेका स्वर्गिय परियारको घरमा बृद्ध बाबा, र दुई छोरा छोरी रहेका छन । कमाउने छोरो नै गुमेपछि किरीया खर्च समेत आर्थिक अभाब रहेको अवस्थामा यातायात समितीले दिएको राहात रकमले थप सहज भएको मृतकका बाबाले बताउनु भयो ।
उक्त परिवारलाई संस्थाको तर्फदेखि किरीया खर्च बापत मंगलबार रु २५ हजार हस्तान्त्रण गरिएको र बिहिबार पुण्य तिथीको अवसर पारेर सँस्थाका व्यवसाही, चालक, कर्मचारी लगाएतबाट संकलन गरिएको नगद रु ५१ ह्जार ३ सय १० रुपैयाँ मृतकको परिवारलाई हस्तान्त्रण गरिएको कार्यालय सचिव दिपक खत्रीले बताउनु भयो ।
संस्थाका अध्यक्ष विनोद भण्डारी, सचिब नर बहादुर क्षेत्री र कर्मचारी एवं कार्यालय सचिब दिपक खत्रीले घरमै पुगेर आर्थिक सहयोग हस्तान्त्रण गर्नुभएको हो । दुर्घटनामा संस्थाका उपाध्यक्ष तथा टु्याक्सी चालक ढोरपाटन नगरपालिका २ का २८ बर्षिय होम बहादुर पुनको समेत ज्यान गएको थियो ।