लायन्स क्लबद्धारा आयोजित आँखा शिविर सकियो ९७ जनाको अप्रेशन ८२५ जनाले लिय सेवा

छविलाल पाण्डे बागलुङ कात्तिक २३
लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा मंगलबार देखि सुरु भएको निःशुल्क आँखा शिविर बिहिबार सम्पन्न भएको छ । शिविरबाट पश्चिम बागलुङ सहित छिमेकी जिल्लाका गरी कुल ८२५ जना नागरिकको आँखाको चेकजाँच उपचार संगै ९७ जनाको मोतिया बन्दिुको सफल अप्रेशन सम्पन्न भएको छ ।
शिविरमा आँखाको चेकजाँच, पावर अनुसारका चस्मा तथा औषधि उपलब्ध गराइनुका साथै आवस्यक परामर्स संगै मोतिया बिन्दुको समस्या भएका नागरिकको चिकित्सक द्धारा अप्रेशन मार्फत उपचार गरिएको छ ।
बागलुङको निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका संगै गुल्मीको मुसिकोट नगरपालिका र पूर्वी रुकुमका विभिन्न स्थानदेखि आएका नागरिकले सेवा लिएका छन ।
शिविरमा ८२५ जना नागरिकको आँखाको चेकजाँच गर्दा ८७ जनाको मोतिया विन्दुको अप्रेशन , २५० जनालाई चस्मा तथा औषधि उपचार संगै अन्य विरामीलाई आवस्यक औषधि र परामर्स दिइएको नेत्र ज्वती संघ बागलुङका इन्चार्ज विनय लामीछानेले बताउनु भयो ।
सिविरमा लामो समय देखि आँखाको समस्या रहेका तर आर्थिक समस्याका कारण उपचारबाट बञ्चित भएका बढि मात्रामा जेष्ठ नागरिकले सहज सुविधा लिएको लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले बताउनु भयो । आफुहरुले बिसुद्ध सामाजिक कार्यसंगै क्लब मार्फत काम गरिरहेको बताउँदै आगामी दिनमा समेत विभिन्न योजना तय गरेर कार्यक्रम गरिने आर्चायले बताउनु भयो ।

बिहिबार आयोजित समापन कार्यक्रम औपचारिक रुपमा सम्पन्न भएको छ । आयोजित कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका ढोरपाटन नगरपालिका वडा नं. १ का अध्यक्ष वान बहादुर छन्तयालले बोल्दै दुर्गम क्षेत्रमा राखिएको आँखा उपचार शिविरले आर्थिक रुपमा कमजोर रहेका, अशक्त र जेष्ठ नागरिकलाई निकै राहात पुर्याएको बताउँदै आयोजक संस्थार्ला धन्यबाद ज्ञापन गर्दे आगामी दिनमा समेत समाज रुपान्तरण मुलक कार्यक्रम जुट्न आग्रह गर्नुभयो ।
गण्डकी प्रदेशका अधिकांस क्षेत्रमा आँखाका विरामाीको सहज पहुँच पुग्ने गरि आफुहरुले निः शुल्क शिविर सञ्चालन मार्फत आँखाको उपचार गरिरहेको बताउँदै आर्थिक अभावकै कारण आँखाको समस्या पालेर बस्नु पर्ने बाध्यता कम रहेको नेपाल नेत्र ज्वती संघ प्रदेश कमिटी उपसभापती धुर्व के.सी.ले बताउनु भयो । अझै पनी दुर्गम क्षेत्रमा आँखाको समस्या लुकाएर बस्ने परिपाटी रहेका कारण त्यसलाई न्युनिकरण गर्न स्थानीय संघसँस्था, क्लब लगाएतले भुमिका खेल्नुपर्ने बताउनु भयो ।
कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्याक्तिलाई क्लबले सम्मानपत्र द्धारा सम्मान समेत गरेको छ ।
क्लब अध्यक्ष राम प्रसाद आर्चायको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत चण्डी पौडेल, रेडक्र सोसाईटी उपसाशा बुर्तिबाङका सभापती पुरन पाण्डे लगाएतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा समाजसेवी, बुद्धिजिवी, पत्रकार, स्वास्थ्य कर्मी लगाएतको आतिथ्यता रहेको थियो ।
लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग बाणिज्य संघ, रेडक्रस सोसाईटी उपसाशा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्वती संघ बागलुङ र हिमालय आँखा अस्पत्ताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर सम्पन्न गरिएको हो । कार्यक्रम संस्थाका सदस्य अर्जुन पाध्याको स्वागत प्रथम उपाध्यक्ष छविलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img