
बुर्तिबाङ कात्तिक १८
गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्णकुमार कुवंरले जनताले आफुप्रति गरेको विश्वासमा कमि आउन नदिने गरि पाँच बर्षमा काम गरेर देखाउने बताउनु भएको छ ।
बुर्तिबाङ राईजिङ युवा क्लबले कोजाग्रत पूर्णिमाको अवसरमा आयोजना गरेको मेलालाई प्रमुख अतिथीको रुपमा सम्वोधन गर्दे सांसद कुवँरले शिक्षा, स्वास्थ्य, विकास पूर्वाधार संगै सार्वजनिक चासोका रुपमा रहेको विकास निर्माणका काममा आफुले सक्रिय पुर्वक काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
“पश्चिम बागलुङको दिगो विकास र समृद्धिको आधार तयार पार्न तिनवटै तहका सरकार एक ठाउँमा उभिन आवस्यक छ नागरिकका समस्या धेरै छन त्यसलाई क्रमिक रुपमा संवोधन गर्न तिनवटै सरकारले आवस्यकताका आधारमा काम गर्नुपर्ने बताउँदै गण्डकी प्रदेशमा रहेर आफु र सांसद दिलमाया पौवीले निसी, भुजी तमान क्षेत्रका जनताको शिर उचो हुने गरि काम गर्ने बताउनु भयो ” ।
आफु प्रदेश सभा सदस्यमा निर्वाचित हुँदा होस या नहुँदा पनी जनताको समस्या र यहाँको विकास र जनताको समस्यामा सहयात्रा गर्दे आएको बताउँदै निर्वाचन भएको एक बर्षमा आफु र माननिय दिलमाया पौवीद्धारा यस क्षेत्रमा समस्या ग्रस्त रुपमा रहेको स्वास्थ्य क्षेत्रको विकासका निम्ती बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको प्रदेश स्तरीय अस्पत्ताल बनाउनका निम्ती प्रदेशमा निकै मिहिनेत गरेर मन्त्रिपरिषद बाट पारित भइसकेको बताउँदै अव संघिय सरकारबाट स्विकृत भएमा यहाँका नागरिकले सहज स्वास्थ्य सेवाको पहुँचमा पुग्ने बताउनु भयो ।
शिक्षा क्षेत्रतर्फ निसीभुजी क्याम्पसको व्यवस्थापन, साुमदायिक विद्यालयको शैक्षिण गुणस्तर उकास्ने काममा आफुहरुले काम गर्ने प्रतिबद्धता जनाउँदै यस क्षेत्रकै प्रर्यटकीय सम्भावना भएको ढोरपाटनको प्रचुर विकास र प्रर्यटन प्रर्वधनका निम्ती आफनो कार्यकालमा काम गर्ने बताउँदै ढोरपाटन प्रचुर प्रर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेपनी सडक स्तरबृद्धि हुन नसकेकै कारण ढोरपाटनको समृद्धि पछि परेको बताउँदै बुर्तिबाङ ढोरपाटन सडक निर्माणको कामलाई समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारको समेत ध्यानाकर्षण गराइरहेको बताउनु भयो ।
तमानखोलामा सडक पहुँच राम्रो नभएका कारण भौतिक विकासबाट पछि परेको अवस्था छ यसबर्ष बहुबर्षिय योजनाको रुपमा बुर्तिबाङ –तमान सडकलाई बजेट पारिएको बताउँदै समग्र आवस्यकताको आधारमा विकास निर्माण गरिने बताउनु भयो । बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाले यहाँको कला संस्कृर्ति र खेलकुद जस्ता प्रतिभा बाहिर ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँदै सामाजिक कार्यमा समेत सक्रिय रहन आग्रह गर्दे क्लबले जग्गा व्यवस्थापन गरेमा भवन निर्माणमा आफुले पहल गर्ने बताउनु भयो ।
उहाँल फरक प्रसंगमा बोल्दै सांसद कुवँरले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली गरिव, निमुखा जनताको अबैाँ बचतको रकम लिएर फरार हुँदै गर्दा नगरपालिका विकास र समृद्धिमा पछि पर्नुका साथै धेरै नागरिकको विचल्ली बनाएका कारणराज्यले फरार अभियुक्तलाई कानुनी दायरामा ल्याउनु पर्ने बताउँदै कार्यवाहक मेयरले जिम्मेवारी पूर्वक काम गर्न सुझाव समेत दिनुभएको छ । कार्यक्रममा निर्वतमान गण्डकी प्रदेश सभा सदस्य खिम विक्रम शाहीले पनी शुभकामना मन्तव्य राख्नु भएको थियो ।