spot_img

बुर्तिबाङमा कोजाग्रत पूर्णिमा मेला जारी: निसीखोला १ र २ पुरुष भलीबल फाइनलमा

बुार्तिबाङ कात्तिक १७
बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेलाको शुक्रबार छैठौँ दिन पनी विभिन्न खेलकुद तथा संस्कृर्तिक कार्यक्रम सम्पन्न भएका छन । शनिबार सम्पन्न हुने कार्यक्रम अन्र्तगत पुरुष भलीवल खेल शनिबार हुने भएको छ । कुल २६ समुहको नामदर्ता रहेको खुल्ला वडा स्तरिय पुरुष भलीवल प्रतियोगितामा १८ समुहले खेलमा भाग लिएका हुन । जसअन्र्तगत निसीखोला गाउँपालिका वडा नं. १ र वडा नंं. २ फाइनलमा प्रवेश गरेका छन ।
शुक्रबार आयोजित कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधी टेकराज पौडेलले प्रमुख अतिथीको रुपमा उद्धघाटन गर्नुभएको छ ।
पुरुष छेलो प्रतियोगिता सम्पन्न भयको छ जसतर्फ तर्फ राम बहादुर विश्वकर्मा प्रथम छविलाल वि.क. दिर्तिय हुनुभएको छ । महिला छेलो तर्फ वशन्ती बुढा मगर प्रथम हुन सफल हुनुभएको हो ।
रस्साकस्सा , एकल नृत्य, कृषि प्रर्दशनी लगाएतका कार्यक्रम भएका हुन । शनिबार पुरुष भलीवलको फाइनल खेल, दोहोरी गित प्रतियोगिता, सामुहिक नृत्य लगाएतका प्रस्तुति रहने आयोजकले जनाएको छ ।
भोली हुने कार्यक्रमको गण्डकि प्रदेश सभा सदस्य माननीय दोर्णकुमार कुवंरले कार्यक्रमको उद्धघाटन गर्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित