छविलाल पाण्डे कात्तिक १८
बागलुङको वडिगाड गाउँपालिकाले कर्णाली प्रदेशमा गएको भूकम्पबाट पीडित नागरिकहरुको उद्धार र उपचारमा सहयोग गर्न शनिबार स्वास्थ्यकर्मी सहित स्वास्थ्य सामाग्री पठाएको छ ।
भूकम्प पीडितको उद्धार र उपचारमा आफु पनि साथमा रहेको जनाउदै पालिकाले कर्णालीको पीडामा स्वास्थ्य कर्मी सहित स्वास्थ्य सामाग्रि पठाईएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो ।
भूकम्पमा परि ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेको उपचारको लागि पालिकाको तर्फदेखि पाँच सदस्यीय स्वास्थयकर्मी सहित स्वास्थ्य सामाग्री सम्बन्धीत क्षेत्रमा पठाईएको बताउनु भयो । प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले बडिगाड गाउँपालिकाले स्वास्थ्य सामग्री सहित स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र केसीको नेतृत्वमा टोलि पठाएको जनाइएको छ ।
टोलीमा बडिगाडका स्वास्थ्य शाखाका प्रमुख केसी सहित डा.कुन्दन कुमार यादव, जनस्वास्थ्य निरिक्षक डिल बहादुर केसी, हेम पुन र हेल्थ असिस्टेन्ट सुदिप रन्जन यादब सहितको स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोट तर्फ पठाईएको हो ।