बुर्तिबाङ कात्तिक १७
नेपाली कांग्रेसका नेता टेकराज पौडेलले खेल क्षेत्रको माध्यमले निसी भुजिको पहिचान दिलाएको बताउनु भएको छ ।
शुक्रबार बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको काजाग्रत पूर्णिमा मेलालाई प्रमुख अतिथीको रुपमा संबोधन गर्दे नेता पौडेलले खेलकुद र कला संस्कृर्तिले पश्चिम बागलुङबाट धेरै खेलाडी उत्पादन र कलाकार उत्पादन गर्न सफल भएको बताउँदै यस्तै मेला महोत्सवले कला गला र क्षमताको प्रस्फुटन गराउन सहयोग पु¥याउने बताउनु भयो ।
राजनितीले मात्रै समाज परिवर्तन सम्भव नभएको बताउँदै सामाजिक क्षेत्रबाट समेत समाज परिवर्तन गर्न सकिने तर्क राख्नु भयो ।
त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथी नेपाली कांग्रेसका नेता अर्जुन शेरचनले बोल्दै ढोरपाटनको पहिचान बढाउन सबैले आ आफनो क्षेत्रबाट भुमिका खेल्न आवस्यक रहेको बताउनु भयो । ढोरपाटन प्रर्याप्त प्रर्यटकिय सम्भावना हुँदै गर्दा राज्यले लगानी गर्न नसक्नु र स्थानीय समुदाय समेत जिम्मेवार बन्न नसक्दा ढोरपाटनको अपेक्षाकृत विकास हुन नसकेको बताउँदै यहाँको विकास निर्माणमा सबैले सम्मोन्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य विर बहादुर विश्वकर्मा, नेकपा माओबादी केन्द्र निसीखोला अध्यक्ष कुविर वि.क. लगाएतको शुभकामना मन्तव्य रहेको थियो । कार्यक्रम क्लब अध्यक्ष मिथुन वि.क.को अध्यक्षता, मेला संयोजक गुञ्ज बहादुर भण्डारीको स्वागत, अञ्चल शाहीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको हो । भोली शनिबार भलीबल खेल फाइनल लगाएतका अन्य कार्यक्रम सहित समापन समारोह हुने जनाइएको छ ।
सामाजिक संस्थाको माध्यमबाट समाज रुपान्त्रण गर्न सकिन्छ कांग्रेस नेता टेकराज पौडेल

