
कात्तिक २१ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका २ बुर्तिबाङ बजार नजिकै गयराती ट्याक्सी दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।
बागलुङकै वडिगाड गाउँपालिकाको भिमगिठे हुँदै सोमबार राती सवा १० बजेतिर बुर्तिबाङ बजार तर्फ आइरहेको ध १ ज ९९४ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका २ मलकटिबाङ भन्ने स्थानमा दुर्घटना हुँदा चालक ,सावरी धनी तथा ट्याक्सी व्यवसायी संघ बुर्तिबाङका उपाध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिका २ पाखुते बस्ने २८ बर्षिय होम बहादुर पुन र ट्याक्सीमा सवार वडिगाड गाउँपालिका ६ छिसफाँट बस्ने ३२ बर्षिय अस्विन परियारको दुर्घटनामा परि ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
ट्याक्सी मध्यपहाडी लोकमार्ग सडक देखि करिब १०० मिटर तल वडिगाड खोलामा खसेको हो । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि.क . सहितको प्रहरी टोली घटना स्थलमा पुगेको थियो दुबै जनालाई उद्धार गरि बुर्तिबाङ स्वास्थ्य चौकीमा उपचारका निम्ती ल्याइएपनी दुबै जनालाई डाक्टरले मृत घोषित गरेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।