
बुर्तिबाङ कात्तिक १४ गते
बुर्तिबाङ राईजिङ युवा क्लब बुर्तिबाङले आयोजना गरेको क्लबको २१ औँ बार्षिक उत्सव तथा कोजाग्रत पूर्णिमा मेला सोमबार दोश्रो दिन पनी विभिन्न कार्यक्रम सम्पन्न भएका छन । दोश्रो दिनको कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचनको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको हो ।
कार्यक्रममा माननिय शेरचनले बोल्दै नेपाल विकसित बन्न नसक्नु इमानदारीताको कमि भएको बताउँदै सबै तह र तप्कामा नेतृत्व तह सच्चिन आवस्यक रहेको बताउनु भयो । देशमा देखिएको भ्रष्टाचार, बेतिथीको अन्त्य गर्न सके मात्रै देशको समृद्धि र विकास हुनेमा उहाँको जोड थियो ।
सांसद शेरचनले थप बोल्दै आफु यस क्षेत्रकै नागरिक रहेको र “यहाँको विकासमा पनी संधै हातेमालो गरेर अगाडी बढ्ने छु सांसद शेरचनले भन्नुभयो” आफनो निर्वाचन क्षेत्र (क) रहेपनी दुई पटक सम्म निर्वाचन लडेको यस क्षेत्रको विकास र समृद्धिमा संधै हातेमालो गरेर अगाडी बद्ने बताउनु भयो । मैले केही विकास निर्माणको काम पनी गरेको छु, अझै विकास र समृद्धि ल्याउनु छ नागरिक संगको सहयात्रामा आफनो सहयात्रा निरन्तर रहने बताउँदै कला संस्कृर्ति र खेलकुदको विकासका निम्ती क्लबको महत्वपूर्ण भुमिका रहेको समेत बताउनु भयो ।
उद्घाटन सत्रको कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, कलाकार लगाएतको आतिथ्यता एंव शुभकामना मन्तव्य रहेको थियो । दोश्रो दिनपनी भलिवल, रस्साकस्सा, तथा राष्ट्रिय कलाकारको बजाड साागितीक प्रस्तुती रहेको थियो । क्लब अध्यक्ष मिथुन वि.क.को अध्यक्षता, राम प्रसाद आर्चायको स्वागत, अञ्चल शाहीकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । आज तेश्रो दिन पनी मेला जारी रहने भएको छ ।