जनताको समस्या र गुनासो सुन्न गाउँ वस्तिमा पुग्दै वडिगाडका अध्यक्ष उपाध्यक्ष सहितको टोली

बुर्तिबाङ कात्तिक १५ गते
बागलुङको वडिगाड गाउँपालिकाले हेलो ‘वडिगाड’ अभियान अन्र्तगत नागरिकको समस्या र गुनासो सुन्न गाउँ केन्द्रित अभियान सुरु गरेको छ ।
समृद्ध बडिगाड गाउँपालिका बनाउने अभियान स्वरुप नागरिकका समस्या सुन्न , बुझ्न र नागरिकका अपेक्षा संग जोडिएको समस्याको दिगो समाधान गर्ने उदेश्य सहित वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमेशन वन सहित वडाको टोली गाउँपालिका पालिका अन्र्तगत रहेका सबै वडाका नागरिकको टोल वस्ति सम्म पुगेर उनिहरुको समस्या र गुनासो बुझ्ने र गाउँपालिकाले प्रवाह गरिरहेको सेवाका विषयमा धारणा सँकलन अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष गण्डकी थापाले बताउनु भयो ।


आर्थिक बर्ष २०८०÷०८१ को निती कार्यक्रम अन्र्तगत जनता संग गाउँपालिका अध्यक्ष कार्यक्रम मार्फत स्थानीय सरकारको आभास दिलाउन सक्ने गरि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा नागरिकको सार्वजनिक चासोको सन्दर्भमा बास्तविक समस्या बुझ्ने र दिर्घकालिन लक्ष्यका साथ समस्या संवोधन गर्ने गरि अभियानको सुरुवात गरिएको अध्यक्षको भनाई छ ।
कार्यक्रमले नागरिकका साना साना समस्या पनी सम्वोधन गर्न बाँकी रहेको र आगामी बजेट तथा योजना तर्जुमा गर्दे गर्दा कस्ता कार्यक्रम, योजनालाई प्राथमिकता दिने भन्ने विषयमा थप व्यस्थापन गर्न सकिने बताउनु भयो ।
पहिलो दिन गाउँपालिकाको वडा नं. १० को दर्लिङ गाउँ र निगलपानीमा कार्यक्रम सम्पन्न गरिएको छ । आगामी २२ गते वडा नं. ८ मा कार्यक्रम गर्ने तयारी रहेको र प्रत्यक वडाका प्रत्यक वस्ति संगै नागरिकको घरमा समेत पुग्ने गरि अभियान सुरु गरिएको अध्यक्ष गण्डकी थापाको भनाई छ ।


नागरिक संग पुग्दै गर्दा अझैपनी गाउँपालिकाले गर्नुपर्ने धेरै काम बाँकी रहेको र दिगो विकासलाई प्राथमिकता दिन नागरिकबाट सुझाव प्राप्त भएको उपाध्यक्ष भिमशेन वनको भनाई छ ।
उहाँका अनुसार बढि मात्रामा भौतिक विकास हुँदै गर्दा नागरिकलाई उत्पादन, रोजगारीका क्षेत्रमा ध्यान दिनुपर्ने, स्थानीय युवा उद्धम विकास कार्यक्रम अन्र्तगत स्थानीय खानी सञ्चालनमा पालिकाले कानुनी प्रावधान सहित ध्यान दिनुपर्ने, महिला स्वरोजगार कार्यक्रम र महिला समुहको भवन निर्माणमा जोड दिनुपर्ने, कृषि क्षेत्रमा लगानी गर्दे गर्दा मौसम, समय , माटो परिक्षण र उत्पादन हुने क्षेत्रको अध्ययन गरेर मात्र कृषि विउपल तथा अनुदानको व्यवस्थामा ध्यान दिनुपर्ने विषयमा नागरिकले पालिकाको ध्यान केन्द्रित गराएका छन


लक्षित वर्गका कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक ,अशक्त नागरिकका साना साना माग छन ति मागलाई पालिकाले सहज रुपमा पुरा गर्न सक्ने भएपनी हालसम्म नागरिकको अपेक्षा वमोजिक कतिपय काम गर्न नसकिएकोमा अवका दिन यस्ता कार्यक्रमले योजना बनाएर अगाडी बढ्न थप सहयोग पुग्ने पालिका अध्यक्ष थापाले बताउनु भयो ।
७५ बर्ष माथिका जेष्ठ नागरिक, अशक्त र जटिल प्रकारका विरामीको घरमै पुगेर स्वास्थ्य परिक्षण र औषधि उपचार गर्ने व्यवस्था समेत पालिकाले गर्ने बताउनु भयो ।


सहभागि स्थानीय नागरिकले गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो अभ्यास गरिरहेको, नागरिकका गुनासो र सुझावलाई संकलन गरेर योजना अगाडी बढाउँदै गएकोमा आभार समेत व्यक्त गरेका छन ।
धेरै जसो क्षेत्रमा टाठा बाठाले योजना माग गर्ने र आफनो स्वार्थ वमोजिम विकास गर्ने परिपाटीलाई अन्त्य गर्नका लागी वास्तविक जनताले पालिकाबाट पाउने सेवा सुविधा र विकासमा सहजता प्रदान गर्नका निम्ती यस्तो कार्यक्रमले टेवा पु¥याउने अध्यक्ष थापाको भनाई छ ।

spot_img
spot_img
spot_img

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img

सम्बन्धित

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img