spot_img

कला संस्कृर्ती संगै खेलकुदको बिकासमा क्लबले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ जोकलाल बुढा

कात्तिक १६ बुर्तिबाङ
बुर्तिबाङमा गत कात्तिक १२ गतेदेखि सुरु भएको कोजाग्रत पूर्णिमा मेला पाँचौ दिनसम्म पनी जारी रहेको छ । बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको क्लबको २१ औँ बार्षिक उत्सव तथा कोजाग्रत पूर्णिमा मेला जारी रहेको हो । मेलाका अवसरमा विभिन्न खेलकुद संगै सांगितीक कार्यक्रम जारी रहेका छन ।
बिहिबार आयोजित कार्यक्रमका अवसरमा प्रमुख अतिथीको रुपमा रहनु भएका तमानखोला गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापती जोकलाल बुढाले बोल्दै क्लबहरुले संस्कृर्तिको जर्गेना र खेलकुदको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भएको छ । बुर्तिबाङ राईजिङ युवा क्लबले सञ्चालन गरेको एतिहासिक मेलाले यस क्षेत्रमा आन्तरिक प्रर्यटन प्रर्वधन गर्नुका साथै यहाँको कला संस्कृर्तिको जर्गेना संगै खेल क्षेत्रको बिकासमा महत्वपूर्ण टेवा पु¥याईरहेको बताउनु भयो ।


उहाँले थप बोल्दै यस क्षेत्रको विकास र समृद्धिका निम्ती तिन वटै तहका सरकार मिलेर अगाडी बढ्नुको विकल्प नरहेको बताउँदै भौतिक संगै नागरिकका अपेक्षालाई पुरा गर्ने जिम्मेवारी निर्वाचित जनप्रतिनिधीमा रहेका कारण आफुहरुले प्रदेश र संघ सरकार सँग मिलेर काम गर्ने बताउनु भयो । कार्यक्रमका अवसरमा विभिन्न पार्टीका नेता, कलाकार, खेलाडी लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो । क्लब अध्यक्ष मिथुन वि.क.को अध्यक्षतामा आयोजित कार्यक्रम अञ्चल शाहीले सञ्चालन गरिरहनु भएको हो । कार्यक्रम आगामी कात्तिक १८ गतेसम्म जारी रहने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित