स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा परिणाम देखिने गरि काम गछौँ सांसद दिलमाया पौवी

बुर्तिबाङ कात्तिक १५
बुर्तिबाङ राईजिङ युवा क्लबले आयोजना गरेको कोजाग्रत पूर्णिमा मेला बुधबार चौठो दिन पनी विभिन्न खेलकुद संगै सांस्कृर्तिक कार्यक्रम भएका छन । आगामी १८ गते शनिबार सम्म सञ्चालन हुने मेलाका अवसरमा पुरुष भलिवल, रस्साकस्सा, महिला छेलो लगाएतका प्रस्तुती भएका हुन ।
बुधबार आयाजित कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले प्रमुख अतिथीको रुपमा कार्यक्रमको उद्धघाटन गर्नुभएको छ ।
सांसद पौवीले बोल्दै भौगोलीक क्षेत्रले पछि परेको पश्चिम बागलुङमा जनअपेक्षा वमोजिम विकास हुन नसकीरहेको बताउँदै जनताको समस्या र पिडामा आफुहरुले तिनवटै तहको सरकारको माध्यमबाट काम गरिरहेको बताउनु भयो ।
यहाँको शिक्षा र स्वास्थयको अवस्था सुधार गर्न सकेमात्रै पनी यहाँको विकासले केहि राहात पाउने बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय प्रदेश र संघिय सरकारका जनप्रतिनिधी मिलेर काम गरिने बताउनु भयो ।
शिक्षा क्षेत्रमा यहाँको उत्पादन कम हुँदा विभिन्न निकायमा स्थानीय कर्मचारीको अभाव हुँदा नागरिकले पाउने सेवा प्रवाहमा समेत कठिन भइरहेको बताउँदै शिक्षा क्षेत्रको विकासमा आफुहरुले ध्यान दिने बताउँदै जनताको विचमा आफुहरु पुग्दै गर्दा देखिरहेका समस्या क्रमश सम्वोधन गर्दे जाने बताउनु भयो ।
बुर्तिबाङमा ५० शैयाको सुविधा सम्पन्न हस्पिटल बनाउन माननिय दोर्ण कुवँर,जीत शेरचन लगाएत आफुहरुले प्रदेशबाट आफुहरुले काम गरिरहेको बताउनु भयो । कार्यक्रमका अवसरमा तमानखोला गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्याल, निसीखोला गाउँपालिका ७ का वडा अध्यक्ष दिपक कुवँर लगाएतको शुभकामना मन्तव्य रहेको थियो ।

कार्यक्रममा जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लब अध्यक्ष मिथुन वि.क.को अध्यक्षता, मादब सर्माको स्वागत, अञ्चल शाहीको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित