यतिबेला हिन्दु नेपालीहरुको महान चाड वडा दशैको रौनक बढिरहेको छ । भोली कात्तिक ७ गते बडा दशैको १० औँ दिन अर्थात दशैको टिका लगाउने दिन रहेको छ ।
दशै मनाउन विभिन्न देश तथा विभिन्न शहरबाट घर फर्किनेहरु फर्किसकेका छन यतिबेला गाउँ निकै रमाइलो बनीरहेको छ । अध्ययनका निम्ती घर छोडेका, विभिन्न पेशा व्यवसाय तथा रोजगारीका निम्ती शहर छिरेका देखी प्रदेशमा रोजगारीका निम्ती पुगेका सम्म घर फर्किँदा बजार क्षेत्र सुनसान र गाउँघर दशै मय बन्दै गइरहेको हो ।
बजारमा अधिकांस पसल बन्द भइसकेका छन सडक प्राय सुनसान जस्तै देखिन्छ धेरैजसो नागरिक आफनो घरमा पुगिसकेका कारण यात्रु नभएपछि सवारीका साधन समेत गुड्न कम भएका हुन ।
बागलुङको दोश्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजार समेत अधिकांस पसल बन्द भएका छन। मानिसको चहलपहल कम हुँदै जाँदा सुनसान जस्तै बन्दै गएको हो ।
दशैको अवसरमा गाउँमै छिमेकी विच भेटघाट गर्ने, पिङ बनाउने, सरसफाई गर्ने लगाएतको तयारीको रौनक निकै देखिन्छ । वडा दशैले आफन्तहरु विच भेटघाट, घरपरिवार संगको बसाई संगै एक आपसमा सुभकामना आधान प्रदान गर्दे हर्षउल्लासका साथ मनाउने महत्वपूर्ण चाडको रुपमा लिन सकिन्छ ।
चाडपर्वको बेला शहर सुनसान गाउँमा नै रमाइलो

