
कात्तिक ३ गते बुर्तिबाङ
बागलुङको ढोरपाटन नगरपालिका ५ चौरमा रहेको समाज सुधार युवा क्लबको तेश्रो बार्षिक उत्सवका अवसरमा आयोजित दशै विशेष मेला तथा विविध खेलकुद एव्म सांस्कृर्तिक कार्यक्रमको शुक्रबार गण्डकी प्रदेशका माननीय सांसद दोर्ण कुमार कुवंरले उद्धघाटन गर्नुभएको छ ।
कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहनु भएका सांसद कुवँरले बोल्दै आफनो पाँच बर्षिय कार्यकालमा जनताको सुख र दुःख मा निरन्तर सहयात्रा गर्दे विकास र समृद्धिमा हातेमालो गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आफनै वडामा रहेको उक्त कार्यक्रममा बोल्दै सांसद कुवँरले चौर गाउँका जनताले लामो समयदेखि भोग्दै आएको खानेपानी, सडक, विधुत जस्ता महत्वपूर्ण समस्याको सम्वोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
खानेपानीको चरम समस्या रहेको उक्त गाउँमा दिर्घकालीन खानेपानीको व्यवस्थापनका निम्ती आफुले सोँचिरहेको बताउँदै केही बर्षभित्रै सहज खानेपानीको सुविधा उपलब्ध गराउने, चौर पाखापानी, निन्नेचौर – बोबाङ जोड्ने सडकलाई थप व्यवस्थित र स्तरउन्नोती गर्ने बताउनु भयो । समाज सुधार युवा क्लबको भवन निर्माण र खेलमैदान पनी चाँडै व्यवस्थापन गर्ने बताउँदै क्लबलाई जग्गा व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो ।
त्यस्तै सांसद कुवंरले बोल्दै चाँडै सबै बस्तिको पहुँचमा पुग्ने गरि केन्द्रिय विधुत पु¥याउने गरि काम भइरहेका कारण यहाँका नागरिक विगतमा जस्तो अन्धकारमा वस्नुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भयो । हाल पम्पिङ सोलार प्रणालीबाट खानेपानी लिइएकोमा उक्त प्रकृया सहज नभएको स्थानीयको गुनासो पछि अब केन्द्रिय विधुत मार्फत पानी पम्पिङ गर्न र गण्डकी प्रदेशमा निवेदन लिएर आएमा विधुत महशुल निशुल्क हुने भएका कारण खानेपानी पम्पिङको विधुतिय प्रणालीबाट गर्न सुझाब दिनुभएको छ ।
सांसद कुवँरले थप बोल्दै क्लबले मेला महोत्सव गर्ने मात्र नभई समाज रुपान्त्रणमा समेत भुमिका खेल्न आग्रह गर्दे कला संस्कृर्ति, खेलकुदको जर्गेनामा क्लबले महत्वपूर्ण भुमिका खेलेकोमा आयोजकलाई धन्यबाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमकै विशिष्ठ अतिथीको रुपमा रहनुभएका सांसद दिलमाया पौवीले बोल्दै आफुहरुले यस क्षेत्रका जनताको जिवन स्तर उकास्न, विकास र समृद्धिमा हातेमालो गर्न निरन्तर सरकारमा रहेर काम गरिरहेको बताउँदै जनताका आवस्यकता र समस्यालाई क्रमिक रुपमा आफुहरुले मिलेर काम गर्ने बताउनु भयो ।
क्लब अध्यक्ष भुवन पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा ढोरपाटन नगरपालिका ५ का अध्यक्ष दिपेन्द्र पुन, नेपाली कांग्रेस प्रदेश सदस्य भवानी कंडेल, नेपाली जनसम्पर्क समिती वसाका जापानका क्षेत्रीय सभापती इन्द्र सुवेदीको शुभकामना मन्तव्य रहेको कार्यक्रममा पत्रकार छविलाल पाण्डे, समाजसेवी, बुद्विजिवी, चन्दादाता, लगाएतको आतिथ्यता रहेको थियो । दुबै माननीय द्धारा भलिवल खेलको उद्धघाटन समेत गर्नुभएको मेलामा विभिन्न ३२ समुहको पुरुष भलीबल प्रतियोगितामा सहभागिता रहेको छ ।
खेलकुदका कार्यक्रम जारी रहेको क्लबले जनाएको हो । उद्धघाटन सत्रको कार्यक्रम क्बलका सल्लाहकार चुडामणी पौडेलको स्वागत, सल्लाहकार ज्ञानेन्द्र सापकोटाको सञ्चालमा सम्पन्न भएको हो ।