
कात्तिक २ गते देविस्थान
निसीखोला गाउँपालिका २ मा रहेको देविस्थान बहुउदेश्यीय सहकारी सँस्थाको १६ औँ बार्षिक साधारण सभा बिहिबार संस्थाको कार्यालय कान्छि बजारमा सम्पन्न भएको छ ।
निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका कार्यक्षेत्र रही सञ्चालित सहकारीले ५ सय २३ जना सेयर सदस्य आवद्ध गराउँदै बचत तथा ऋण लगाएत उत्पादन मुलक कार्यक्रम लगानी गर्दे आइरहेको हो ।
आयोजित खुल्ला सत्रको कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएका निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले बोल्दै सहकारी वास्तबमा नागरिकको बचत गर्ने र आर्थिक उपार्जन गर्ने माध्यम भएको बताउँदै सहकारीले सिद्धान्त र कानुनलाई पूर्ण रुपमा पालना गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय केही राम्रा भनिएका सहकारी समेत बन्द हुँदै गर्दा चुनौती देखिएको बताउँदै सहकारीलाई विधि र पद्धतीमा अगाडी बढाउँदै व्यवस्थित तवरले मजबुद बनाएर लैजान सेयर सदस्य जिम्मेवार बन्नुपर्ने, सहकारीले लगानीको क्षेत्र निर्धारण गर्दा उत्पादन र स्वरोजगार मुखि क्षेत्रमा लगानी गर्नुपर्ने र सहकारीको विकास संगै कृर्षि उत्पादन, स्वरोजगार ,सहकारी शिक्षा जस्ता क्षेत्रमा गाउँपालिकाले पनी साथ दिने बताउनु भयो ।
कार्यक्रममा बागलुङ जिल्ला वचत संघ तथा नेफ्स्कुनका सदस्य एंव त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उत्तम बहादुर महतले बोल्दै केही व्यक्तिगत सहकारीले गरेका बदनामीका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टीकोण आम मानिसमा नकारात्म प्रभाव पर्न गएको बताउँदै त्यसलाई चिरेर अगाडी बढ्नु सहकारीको दायित्व रहेको बताउनु भयो ।
वास्तवमा सेयर धनीको अपनत्व रहेको सहकारी कहिल्यै पछि नपर्ने बताउँदै सहकारीको मर्मलाई सबै सेयर धनी र सञ्चालकले अपनत्व गर्नुपर्नेमा जोड दिनुभयो । देविस्थान बहुउदेश्यीय सहकारीले ग्रामिण क्षेत्रमा रहेर पनी उल्लेखनिय काम गरिरहेको बताउँदै कमजोर अवस्थामा रहेका साना सहकारीलाई एकिकृत गरि मजर्र प्रकृयामा लगेर सहकारी क्षेत्रको अभियान थप फराकिलो वनाउन सबैले लाग्नुपर्ने बताउनु भयो
कार्यक्रममा अतिथीका रुपमा रहनु भएका निसीखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष चन्द्रसिंह रामजाली, वडा नंं. २ का अध्यक्ष कुवीर विश्वकर्मा, संस्थाका सल्लाहकार सदस्य भविन्द्र बहादुर कुवंर, लगाएत विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, विभिन संघसंस्थाका प्रतिनिधी, प्रहरी पत्रकार लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो ।
आर्थिक बर्ष २०८० असार मशान्त सम्मको तथ्यांक अनुसार १ करोड ६६ लाख ५६ हजार दुई सय सेयर पुँजी सँकलन गरेको सहकारीले ५१ करोड ४२ लाख, ८७० जगेडा र अन्य कोष, ४ करोड ८२ लाख ९ हजार ५ सय रुपैयाँ निक्षेप रहेको र यस बर्ष २५ लाख १९ हजार बढि रकम मुनाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आफनै सुविधा सम्पन्न भवन निर्माण गरि सञ्चालित सहकारीले युवा स्वरोजगार, कृर्षि तथा पशुपालन, व्यापार व्यवसाय, लगाएतका क्षेत्रमा सेयर सदस्यलाई ऋण प्रवाह गरिरहेको बताउँदै संस्थालाई थप चलायमान र मजबुढ बनाउन सञ्चालक समिती र सेयर सदस्य विचको तादम्यता मार्फत थप सक्रिय बन्नुपर्नेमा संस्थाका अध्यक्ष टेक बहादुर पुनले जोड दिनुभयो । संस्थाले बन्दसत्रबाट विभिन्न कार्यविधी बनाएर सहकारीलाई थप अगाडी बढाउने गरि कार्ययोजना अगाडी बढाइने अध्यक्ष पुनको भनाई थियो । कार्यक्रममा बन्द सत्र बाट बिमा कर्जा कार्यबिधि र कृषि कर्जा कार्यबिधि बनाएर अगाडि बद्ने निर्णय भएको छ ।
कार्यक्रमका अवसरमा उतकृष्ट बाल वचतकर्ता, एच्छिक बचत कर्ता, उत्कृष्ट कर्जा असुली कर्ता ,कर्मचारी, जग्गा दाता लगाएतलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षता, संस्थाका ऋण असुली समिती संयोजक तम बहादुर कुवंरको शुभकामना मन्तव्य रहेको कार्यक्रम सचिव ओमलाल खत्रीले सञ्चालन गर्नुभएको हो ।