कात्तिक १२ गते
बुर्तिबाङ राईजिङ युवा क्लबको आयोजनामा आयोजित कोजाग्रत पूर्णिमा मेला आइतबारदेखि विधिवत रुपमा बुर्तिबाङ बसपार्कमा सुचारु भएको छ ।
आइतबार पहिलो दिनको कार्यक्रमलाई ढोरपाटन नगरपालिका कार्यवाहक मेयर धन बहादुर कायतले उद्धघाटन गर्नुभएको छ । प्रमुख अतिथी कायतले बोल्दै ढोरपाटन क्षेत्रको विकास प्रर्यटन र कृषिबाट मात्रै सम्भवन रहेको बताउनु भएको छ ।
ढोरपाटन नगरपालिका आफैमा कला संस्कृर्ति र प्रर्यटकिय क्षेत्रमा अगाडी भएको बताउँदै त्यसको समुचित विकास , उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर नगरपालिका अगाडी बढिरहेको बताउनु भयो ।
विश्वमा परिचित ढोरपाटनलाई अपेक्षा कृत रुपमा विकास संग जोड्न नसकिएको बताउँदै सडकको राम्रो पहुँच नभएकै कारण पनी प्रर्यटन क्षेत्रमा अब्बल ढोरपाटन पछि परिरहेको बताउँदै निर्माण कम्पनी जिम्मेवार भएर समयमा सडक निर्माण भएमा ढोरपाटनले विकासमा मुहार फेर्ने बताउँदै संघिय सरकार मार्फत समयमा सडक निर्माणको काम सक्न निर्माण कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने बताउँदै यहाँ उत्पादित आलु लगाएत कृर्षि उपजमा आत्मनिर्भर बनाउन आफुहरुले दिगो योजना बनाएर काम गर्ने बताउनु भयो ।
“ कायतले थप बोल्दै प्रर्यटन र कृर्षिबाट मात्रै यस क्षेत्रको समृद्धि देखिएका कारण त्यसको विकासमा नगरपालिकाले ध्यान दिने बताउनु भयो ” आगामी दिनमा ढोरपाटन तथा बुर्तिबाङमै राष्ट्रिय स्तरको भलिवल खेलाउनका निम्ती क्लब र नगरपालिका विच संमोन्य गरेर अगाडी बढिने बताउँदै क्लबले कला संस्कृर्तिको जर्गेना संगै खेलकुदको विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनु भयो ।
क्लबका अध्यक्ष मिथुन वि.क.को अध्यक्षता रहेको आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिृकृत विष्णु प्रसाद ज्ञवाली, ढोरपाटन नगरपालिका वडा नं. ७ का अध्यक्ष धन बहादुर अदै, वडा नं. ९ का अध्यक्ष कुल बहादुर घर्ति , मेला संयोजक गुञ्ज बहादुर भण्डारी, मेला नर बहादुर गुरुङ लगाएतको शुभ कामना मन्तव्य रहेको हो । आयोजित कार्यक्रमका अवसरमा जनप्रतिनिधी, क्लबका पुर्व पदाधिकारी, समाजसेवी, बुद्धिजिवी , पत्रकार, प्रहरी लगाएतको आतिथ्यता रहेको थियो । पहिलो दिन राष्ट्रिय कलाकार दुर्गेश थापा, विमला घर्ति र कलाकार तारा थापाको बेजोड साँगितीक प्रस्तुती रहेको थियो ।
२६ समुहको नामदर्ता रहेको पुरुष भलीबल प्रतियोगिता आइतबार देखि सञ्चालन भएको छ । पहिलो सेट ढोरपाटन नगरपालिका वडा नं. १ र वडा नं. ६ बिचको खेलबाट ढोरपाटन नगरपालिका ६ विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
सोमबार देखि भलिवल संगै रस्साकस्सा, कृषि प्रर्दशनी, छेलो, दोहोरी गित, एकल नृत्य, सामुहिक नृत्य लगाएतका प्रतियोगिता हुने आयोजकले जनाएको छ । सोमबार गण्डकी प्रदेश सभा सदस्य माननिय जित बहादुर शेरचन, १४ गते पुर्व प्रतिनिधी सभा सदस्य सुर्य पाठक, १५ गते गण्डकी प्रदेश सभा सदस्य माननिय दिलमाया पौवी, १६ गते तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, कात्तिक १७ गते संघिय सांसद देवि प्रकाश भट्टचन र कात्तिक १८ गते गण्डकि प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँर प्रमुख अतिथी रही कार्यक्रमको उद्घाटन गर्नुहुने भएको हो । कार्यक्रममा दैनिक राष्ट्रिय कलाकारको समेत बजोड साँगितीक प्रस्तुती रहने भएको छ ।
आइतबार आयोजित उद्धघाटन सत्रको कार्यक्रम पुर्व क्लब अध्यक्ष तथा मेला संयोजक सोम बहादुर पौवी (यामु) को स्वागत अञ्चल शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।