नेपाली कांग्रेस ढोरपाटन नगरपालिका वडा नं. ४ को वडा सम्मेलन सम्पन्न

असोज ६ गते
नेपाली कांग्रेस ढोरपाटन नगरपालिका वडा नं. ४ को वडा सम्मेलन शनिबार सम्पन्न भएको छ । प्राविधिक कारण भाद्र महिनामा हुने सम्मेलन हाललाई सारिएको र सौहार्द पूर्ण रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

नेपाली कांग्रेस ढोरपाटन ४ का सभापती थम बहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रमका अवसरमा नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधी सोम बहादुर पौवीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौवीले नेपाली कांग्रेस पार्टीलाई चलायमान बनाउन संगठनलाई मजबुद बनाउनका निम्ती कार्यक्रता सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले थप बोल्दै यहाँको विकास र समृद्धिका निम्ती समेत नेपाली कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताउँदै जनताको समस्या र गुनासोलाई यहाँबाट निर्वाचित माननिय हरु संग आफुले निरन्तर पहल गर्ने प्रतिबद्धता जनाउँदै संगठन मजबुद भएमा मात्र पार्टीले विकास निर्माण र समृद्धिको सपना पुरा गर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधी पदम पुन, धनराम पुरी, पुर्व क्ष्ोत्रीय उपसभापती नरजंग घर्ति, क्षेत्रीय प्रतिनिधी भुमिका गोतामे, साविक खुँगा गाविस सभापती थम बहादुर घर्ति मगर लगाएतको आतिथ्यता एवं शुभकामना मन्तव्य रहेको थियो कार्यक्रम वडा सचिव नारायण राना को सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित