
असोज १३ बुर्तिबाङ
बागलुङको तमानखोला गाउँपालिका स्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीका निम्ती स्थानीय जनप्रतिनिधिले न्यानो कपडा( सुईटर) हस्तान्त्रण गर्नुभएको छ ।
तमानखोला गाउँपालिका कार्यपालिका सदस्य युवा तथा खेलकुद विकास समिती संयोजक हिकमत जक्तपुरीले आफुले अध्ययन गरेको भुमे प्राथमिक विद्यालय तमानखोला १ पहिरामा अध्ययनरत ६५ जना विद्यार्थीका निम्ती एक ÷एक सेट सुइटर हस्तान्त्रण गर्नुभएको हो ।
आफनो हजुरबुबा लालविर जक्तपुरी समेत सँस्थापक अध्यक्ष रहेको उक्त विद्यालयमा आफुले बाल्यकालमा अध्ययन गरेको बताउँदै आफुले जनप्रतिनिधि भइसकेपछि राज्यबाट लिँदै आएको सेवा सुविधाबाट केहि प्रतिशत रकम कुनै न कुनै प्रकारको समाज सेवामा लगानी गर्नुपर्छ भन्ने उदेश्य सहित चिसो बद्दै गर्दा विद्यार्थीका निम्ती न्यानो कपडा उपलब्ध गराइएको हिकमत जक्तपुरीले बताउनु भयो ।
“कार्यपालिका सदस्य भएवापत बार्षिक रुपमा राज्यबाट पाउँदै आएको सेवा सुविधाको रकम बाट कम्तिमा १० प्रतिशत आफुले सामाजिक कार्यमा लगानी गर्ने गरि योजना बनाएको छु हामीले आम्दानी गर्ने रकमबाट केहि मात्रा यस्तै सामाजिक कार्यमा लगानी गर्न सकेमा धेरै नागरिकलाई राहात मिल्ने उहाँको तर्क रहेको छ ”।
शुक्रबार एक कार्यक्रमका विच भुमे प्राथमिक विद्यालयमा आफुलाई अध्ययन गराउनु भएका शिक्षक मेख बहादुर छन्त्यालको हातबाट विद्यार्थीलाई सुईटर हस्तान्त्रण गरिएको थियो ।