
बुर्तिबाङ असोज १ गते
बागलुङको तमानखोला गाउँपालिकाको वडा नं. ४ लाम्मेलामा आलु महोत्सव तथा कृषि बहस सोमबार देखि सुरु भएको छ । आगामी चार गते सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषकले उत्पादन गरेका आलु लगाएत कृषि उपजको स्टल संगै आलुका परिकार विक्री तथा प्रचार प्रसार गर्ने लक्ष्यका साथ कार्यक्रम सुरु भएको हो ।
“स्थानिय कृषि उत्पादनको विकास, प्रर्बधन र विस्तार , समृद्ध लाम्मेलाको आधार” भन्ने मुख्य नारा सहित महोत्सव सुरु भएको छ ।
तमानखोला गाउँपालिका वडा नं.४ को आयोजना, गाउँपालिका कार्यालयको प्रायोजन तथा शोले युवा क्बल र शोलेडाँडा वाल सञ्जालको सह–आयोजनामा महोत्सव सुरु भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बताउनु भयो ।
महोत्सवका अवसरमा कृषकले उत्पादन गरेको आलु संगै आलुबाट बनेका विभिन्न परिकार तथा अन्य कृषि बस्तुहरुको स्टल बनाएर विक्रीका लागी राखिएको छ । तमानखोला गाउँपालिकाको अधिकांस क्षेत्रमा आलु उत्पादन हुने गर्दछ यहाँको आलुको प्रचार प्रसार गर्न बजारीकरणमा सहज होस भन्ने उदेश्य सहित कृषकलाई प्रोत्साहन गर्नका निम्ती पनी महोत्सवले भुमिका खेल्ने बताउँदै पाँचदिन सम्म महोत्सव जारी रहने बताइएको हो ।
उद्धघाटन सत्रको कार्यक्रम संगै आलु महोत्सव कृषि बहस कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष जोकलाल बुढाले कृषकले राखेका प्रश्न र गुनासोको विषयमा बोल्दै परम्परागत र निर्वाह मुखि प्रणालीबाट कृषि गरिहेको बताउँदै अवका दिनमा उपलब्धी मुलक तवरबाट कृषि प्रणालीको विकास गर्नुपर्ने आवस्यकता औँल्याउनु भयो ।
कृषकले अझैसम्म पनी उत्पादनमुखि र व्यवासायीक हुने गरि कृषिमा जोडिन नसकेको बताउँदै कृषिमा लागत, श्रम र उत्पादन लगाएतको क्षेत्रलाई हेरेर अगाडी बढ्न सकेमा मात्र अगाडी बढ्न सकिने बताउनु भयो । कृषिमा राज्यले करोडौँ खर्च गरेपनी परिणाम दिन नसकिएको बताउँदै अवको कृषि उत्पादन परिणाममुखि, र व्यवसायीक मुलक हुनुपर्ने बताउनु भयो ।
आलु मात्र नभई अन्य कृषि उपजलाई भुगोल, माटो, बजार अवस्था लगाएतको क्षेत्रलाई अध्ययन गरेर कृषकले व्यवसायीक कृषि गर्न सक्ने बताउँदै पालिकाले समेत व्यवसाहीक रुपमा अगाडी बद्ने कृषकलाई उत्पादनका आधारमा अनुदान दिने उनिहरुले उत्पादन गरेका उपज बजारीकरणका निम्ती व्यवस्था गर्ने र कृषकलाई तालिम, ज्ञानको विकासमा टेवा पुग्ने गरि काम गरिरहेको र अवका दिनमा थप सक्रिय रुपमा लाग्ने बताउनु भयो ।
कार्यक्रमका विशिष्ठ अतिथी प्रमुख प्रशासकिय अधिकृत इश्वरलाल शाक्यले बोल्दै गाउँपालिकामा करिब १७ रोपनी क्षेत्रफल कृर्षि योग्य रहेको बताउँदै कृषि योग्य क्षेत्रमा पालिकाले विभिन्न ब्लक, पकेट क्षेत्र बनाएर काम गरिहेको बताउँदै व्यवसाहीक रुपमा कृषिमा लाग्ने कृषकले अवका दिनमा हरेस खानुपर्ने अवस्था नरहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. ४ का वडा अध्यक्ष छ प्रसाद श्रीपालीले बोल्दै अहिलेसम्मको अभ्यास कृर्षिलाई सामान्य लिई परम्परागत र निर्वाह मुखि पेशाबाट बाहिर निस्कन नसकिएका कारण यस क्षेत्रको विकास र सम्भावना देख्न नसकिएको बताउँदै कृषि क्षेत्रबाटै पालिकाको समृद्धि रहेका कारण त्यसका निम्ती पालिकाले दिगो योजना बनाएर अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रममा कृषि शाखा प्रमुख शन्देस पराजुली लगाएतले आफनो धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण सोले युवा क्लबका सचिव माधव छन्त्यालले गर्नुभएको हो
महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रदर्शन गरिनेछ भने आलुबाट बनाइएका परिकारका कक्ष राखिनेछन् । तमानखोलाका विभिन्न वडामा हाल आलु पकेटक्षेत्र घोषणा गरी किसान उत्पादन वृद्धि गर्नसमेत लागेका छन् ।