बुर्तिवाङमा कराते महासंघ र सितोरियो कराते डो संघको नगर समिति घोषणा

विनोद विश्वकर्मा बुर्तिवाङ,नेपाल कराते महाँसंघ र नेपाल रितोरियो कराते डो को ढोरपाटन नगर स्तरिय समिति घोषण गरिएको छ ।

शुक्रबार बुर्तिवाङमा एक कार्यक्रमको आयोजना गर्दै समितिको घोषणा गरिएको हो । चित्र बहादुर पुनको अध्यक्षतामा १३ सदस्य नेपाल सितोरियो कराते संघ र रामलाल पाण्डेको अध्यक्षतामा १५ सदस्य नेपाल कराँते महाँसंघको नगर स्तरिय समिति घोषणा गरिएको छ ।


आयोजित घोषणा कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ज्ञावालीको प्रमुख आतित्थयता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत ज्ञावालिले मन्तव्य राख्दै खेल क्षेत्र महत्वपुर्ण र फरक विधा भएकाले यसलाई सबैले अवलम्वन गर्नु पर्ने बताउनु भयो । प्रमुख प्रशासकिय अधिकृत ज्ञावालीले ढोरपाटन नगरपालिकामा कराते जस्ता खेलका लागि प्रोत्साहन गर्न नगरपालिकाले सबैमा छलफल गरेर सहयोग गर्ने समेत वचन दिनु भएको छ ।

आयोजित कार्यक्रममा विशिष्ट अतिथि ढोरपाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष वान बहादुर छन्त्याल,नेपाली काँग्रेसका मेशलाल शर्मा,नेकपा एमालेका टंक प्रसाद पौडेल,लगाएतले आफ्नो धारण राख्दै खेल क्षेत्र राष्ट्रको गहना र यसले देशलाई विश्वसामु पचित बनाउन सक्ने भन्दै यसलाई प्रोत्साहन गर्नु राज्यको दायित्व समेत रहेको बताएका थिए । साथै खेलाडीलाई अुशासन पुर्वक खेल खेले अवश्य पनि सफलता प्रप्ता गर्न सकिने समेत बताएका थिए ।


आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं २ का वडा अध्यक्ष भेग बहादुर खत्री,ढोरपाटन नगरपालिका सुचना अधिकारी चन्डी प्रशाद शर्मा,उद्योेग वाणिज्य संघका प्रतिनिधि,प्रशिक्षक,पत्रकार खेलाडी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल सितोरियो कराते संघका अध्यक्ष चित्र बहादुर पुनले समितिको घोषणा गर्नु भएको थियो ।

२०४८ साल बाट नै बुर्तिवाङमा समिति भएको भए पनि ठुलो रुपमा समिति भने पहिलो पटक निमार्ण गरिएको पुनले बताएका छन् । केन्द्रको निर्देशनको आधारमा समिति निमार्ण गरिएको पुनले जानकारी दिएका छन् । समितिले खेल संगै खेलाडीको हक हित संगै अडाडी बढ्ने पुनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित