ढोरपाटन छेन्तुङ्गका चारसय घरधुरीलाई गण्डकी सरकारले दियो सोलार सेट

ढोरपाटन असोज १५
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ६ ढोरपाटन छेन्तुङ्गका करिब चारसय रधुरी परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फदेखि सोलार सेट हस्तान्त्रण गरिएको छ ।
सोमबार गण्डकी प्रदेश उर्जा जलश्रोत तथा खानेपानी मन्त्रि सरस्वती अर्याल तिवारी गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुवँर, दिलमाया पौवीले सोलार बत्तिबालेर कार्यक्रमको उद्धघाटन गर्दे छेन्तुङ्ग क्षेत्रमा बसोबास गर्दे आइरहेका ३९१ घरधुरीका निम्ती सोलार सेट हस्तान्त्रण गरिएको हो ।
विधुतको पहुँच भन्दा बाहिर रहेका नागरिकका निम्ती सौर्य उर्जा प्रविधि जडान कार्यक्रम अन्र्तगत त्यस क्षेत्रकाना गरिकका निम्ती गण्डकी सरकारको निती कार्यक्रम अनुसार सोलार सेट हस्तान्त्रण गरिएको मन्त्रि सरस्वती अर्याल तिवारीले बताउनु भयो


गण्डकी प्रदेशका अधिकांस बस्तिमा विधुत पुगिसकेको बताउँदै अव दुई हजार चार सय ८६ घरधुरीमा विधुत पहुँच नपुगेका कारण यसैबर्ष सौर्य विधुत पु¥याउने लक्ष्य रहेको बताउनु भयो ।कार्यक्रममा थप बोल्दै मन्त्रि अर्यालले गण्डकी प्रदेशकै दुर्गम क्ष्ोत्रको रुपमा रहेको पश्चिम बागलुङको विकासका निम्ती यहाँका सांसद द्धय दोर्ण कुमार कुवंर र दिलमाया पौवीको भुमिका महत्वपूर्ण रहेको बताउँदै यहाँका नागरिकको अधिकार स्थापित गर्न र विकासका क्षेत्रहरु खानेपानी, सिँचाई, टटबन्ध निर्माण, उर्जा विधुत , लगाएतका विकासमा आफुले महत्वपूर्ण स्थान दिने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथीको रुपमा रहनुभएका गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवँरले बोल्दै यहाँका नागरिकको आशा र अपेक्षा निर्वाचित जनप्रतिनिधी माथि धेरै रहेको बताउँदै क्रमिक रुपमा जनताका आवस्यकता र समस्या सम्बोधन गर्दे अगाडी बढिने बताउनु भयो ।


साँसद कुवँरले भन्नुभयो ढोरपाटनको बृहत विकासको आवस्यकता औँल्याएका छौँ कतिपय कानुनी जटिलताले गर्दा समेत अपेक्षित विकास हुन सकिरहेको छैन सालझण्डी ढोरपाटन सडक निर्माण, उत्तरगंगा जलाशययूक्त आयोजना, सिकार आरक्ष क्षेत्र भित्र पर्ने सडक निर्माण लगाएतका काममा सम्वन्धित निकायमा निरन्तर खबरदारि भइरहेको बताउँदै जनताको आधारभुत आवस्यकता विधुत, स्वास्थ्य, खानेपानी, सिँचाई सडक लगाएतका क्षेत्रमा जनताको माग र आवस्यकतालाई क्रमश अगाडी बढाउँदै आफुहरु लागिरहेको बताउँदै तिनवटै सरकारको स्वामित्वमा योजनाको प्राथमिकिकरण गरेर अगडी बढिने बताउनु भयो । उहाँले थप बोल्दै हालसम्म विधुतको पहुँच नपुगेर अन्धकारमा रहेका यहाँका जनतालाई उज्यालोमा पु¥याउन गण्डकी प्रदेश सरकारले प्रयास गरिहेको र हाललाई सौर्य उर्जाको प्रयोग लाई अगाडी बढाइने र निकट भविष्यमै केन्द्रिय बिधुत प्रसारण लाईन नागरिकको घरघरमा आइपुग्ने गरि काम भइरहेको बताउनु भयो ।


त्यस्तै कार्यक्रमका अर्का विशिष्ठ अतिथी गण्डकी प्रदेशका सांसद दिलमाया पौवीले बोल्दै अन्धकारमा रहेका नागरिकलाई उज्यालोमा ल्याउन निरन्तर प्रयास गरिएको आफुहरुको प्रयासबाट यहाँका नागरिकले उज्यालोमा बस्न पाउने वातावरण सृजना भएको बताउनु भयो ।
कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, उर्जा, खानेपानी, तथा जलश्रोत मन्त्रालयका सचिव गणेश अवस्थि लगाएतको मन्तव्य रहेको कार्यक्रम ढोरपाटन नगरपालिका वडा नं. ६ का अध्यक्ष उमेश बुढाको अध्यक्षता महाशाखा प्रमुख हरिदत्त पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्नभएको थियो ।


गण्डकी प्रदेश सरकारको ९० प्रतिशत अर्थात १३ हजार ९ सय ४२ रुपैयाँअनुदान र स्थानीयको १० प्रतिशत स्वामित्व रहने गरि ५० वाट क्षमताको सोलार सेट हस्तान्त्रण गरिएको थियो । वडा नं. ६ कै विभिन्न स्थानमा ढोरपाटन नरपालिकाले समेत सोलार सेट केहि महिना पहिले हस्तान्त्रण गरेको थियो ।
त्यस्तै मन्त्री र साँसद सहितको टोलीद्धारा ढोरपाटन नगरपालिका ९ मा रहेको स्यालपाखे क्षेत्रमा रहेका नागरिकको खानेपानी समस्या बुझ्न बस्तिमै पुग्नु भएको छ । स्थानीयको मागअनुसार सांसद तथा मन्त्रिले बोल्दै यहाँका नागरिकलाई खानेपानीको समस्या रहेको भन्दै अब आउने बर्षभित्रै प्रत्यक घरघरमा खानेपानीको पहुँच पुग्ने गरि व्यवस्था गरिदिने प्रतिबद्धता समेत जनाउनु भएको छ । दुईसय बढि घरधुरी रहेको उक्त क्षेत्रमा तत्काल सर्वे गरेर खानेपानी व्यवस्था गरिने मन्त्रि अर्यालको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित