सुनचाँदी व्यवसायीद्धारा प्रहरी निरीक्षक राजकुमार वि.क. लाई स्वागत

बुर्तिबाङ असोज १ गते
बुर्तिबाङ सुनचाँदी व्यवसायीद्धारा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क. लाई स्वागत तथा परिचयात्मक कार्यक्रम बुर्तिबाङमा सोमबार सम्पन्न भएको छ ।
बुर्तिबाङ बजारमा सुनाचाँदी व्यवसाय गर्दे आएका व्यवसायीद्धारा स्वागत संगै बजारमा सुनचाँदी पसलको सुरक्षा अवस्था तथा सुनचाँदी आपुर्तिमा परेको समस्यामा विषयमा छलफल भएको संस्थाका सचिव सोम बहादुर पोवी (यामु ) ले बताउनु भयो ।
आयोजित कार्यक्रममा प्रहरी निरीक्षक राजकुमार वि.क.ले बोल्दै नागरिकको शान्ती सुरक्षाका निम्ती प्रहरीले सक्दो सेवा गर्ने बताउँदै बजार क्षेत्रमा देखिन सक्ने सुरक्षा व्यवस्थामा आफुहरु थप सचेत रहेको बताउनु भयो । विल विनाका सुन चाँदी खरिदमा सचेत रहन व्यवसायीलाई आग्रह समेत गर्नुभयो कार्यक्रममा सुनचाँदी व्यवसायीको उपश्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित