पर्यटन प्रर्बद्धन गर्न ढोरपाटनमा नेपाल उद्योग वाणिज्य महासंघको बैठक बस्दै

बागलुङ ,पर्यटन प्रर्बद्धन, संभावना र लगानी खोज्न नेपालको नीजि क्षेत्रले बागलुङको ढोरपाटनलाई महत्व दिन थालेको छ ।
पर्यटन पबद्र्धन तथा लगानीको पहिचान गर्नका लागि नीजि क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको तेस्रो बैठक ढोरपाटनमा बस्ने भएको हो । नीजि क्षेत्रका अगुवा सहित नेपाल उद्योगा वाणिज्य महासंघका तेस्रो कार्यकारीणी बैठक असोज १५ र १६ गते नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष क्षेत्रमा आयोजना गरिएको हो ।

प्रचुर संभावना भएर समेत ओझेलमा पर्दै आएको ढोरपाटन क्षेत्रको प्रचार प्रसार गर्दे लगानीका संभावना खोज्न नीजि क्षेत्रले चासो देखाएको हो । नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको बैठक नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचिमा रहेको ढोरपाटन उपत्यकामा आयोजना गरिएकाले महत्वका साथ हेरिएको छ ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघ बागलुङको आतिथ्यतामा ढोरपाटनमा बैठक गर्न थालिएको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेलले जानकारी दिनुभयो ।
कंडेलका अनुसार बैठकमा नेपाल उद्योग वाणिज्य संघका ७० जनाको कार्यसमिति सहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपाकिलाका जनप्रतिनिधिको सहभागीता रहनेछ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत समन्वयको भूमिकामा खेल्नेछ । बैठकमा ७० जना सहभागी भएपनि अन्य कार्यक्रममा एक सय भन्दा बढी सरोकारवालाको सहभागीता रहनेछ ।

“नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरु ढोरपाटन आउदा प्रचार प्रसार संगै त्यहाँको नयाँ संभावना र लगानीको क्षेको पहचिान हुँनेछ, बैठक मात्र नभएर समग्र जिल्लाको पर्यटनको संभावना र लगानीको विषयमा अन्तरक्रिर्या समेत हुँनेछ” अध्यक्ष कंडेलले भन्नुभयो “एक पटक देशभरका नीजि क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनलाई जुरुक्क उठाउन सहयोग पु¥याउनुहुँनेछ, ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल सहित अन्य व्यवसायीक योजना समेत बनाउन यो बैठकले सहयोग पुग्नेछ ।”
पर्यटकीय क्षेत्रको विकास, लगानी पहिल्याउन, कृषि उपजको बजारीकरणमा ढोरपाटन बैठक कोशे ढुङ्गा सावित हुँने कंडेलको भनाई छ । ढोरपाटनको आलुको राम्रो उत्पादन छ भने स्याउको प्रचुर संभावना रहेको छ । बैठकका आउने पाहुँनाहरुको खाना तथा आवासका लागि ढोरपाटन उपत्यकामै व्यवस्थापन मिलाइएको कंडेलले बताउनुभयो । कंडेलका अनुसार बैठकमा सहभागी हुँन आउने उद्योगी तथा व्यवसायीहरु होटल तथा सामुदायिक घरबासमा पाहुँनाहरुलाई राखिनेछ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित कार्यसमितिले ढोरपाटन क्षेत्रको अध्ययन, स्थालगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण समेत गर्ने कार्ययोजना आतिथ्यता संस्था बागलुङ उद्योग वाणिज्य संघले बनाएको छ ।

ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिर समेत दर्शन गर्न सकिने छ । ढोरपाटनमा समग्र जिल्लाको पर्यटनको विषयमा समेत छलफल गर्ने कार्यक्रम तय गरिएको छ । ढोरपाटनमा देशभरका उद्योगी तथा व्यवसायीका नेताहरु आउदा ढोरपाटनको छुट्टै गरिमा बढ्ने ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द छन्त्यालले बताउनुभयो ।
ढोरपाटन सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, शिकार आरक्ष कार्यालयको संग्रहालय लगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौ स्थानहरु रहेकोमा तिनिहरुको प्रचार प्रसार हुँनेगरी बैठकको आयोजना गरिएको छ ।

सिकार खेल्नका लागि मात्रै विदेशी पर्यटकहरु आउने ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको वृद्धि भएको छ तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित