बागलुङको दुर्गम मानिने निशेल ढोरमा मोवाईल फोन सेवा सुरु:स्थानियमा खुशीयाली

विनोद रसाईली,बुर्तिवाङ,बागलुङ “आईतबार निसीखोला गाउँपालिका वडा नं ५ को ३७ सय मिटर उचाई ऐसेलुधारामा निशेलढोर लक्षित टावर उद्घाटन गर्न पुग्दा मौसम खुल्ला र केही सफा थियो नेपाल टेलिकमका प्रविधिकहरु निरन्तर टावर सञ्चालन गर्नको लागि दौदधुप गरिएका थिए । तर केही वेर टावर सञ्चालन भएन, मौषम पनि एकाएक फेरिएर आकास गर्जिदै पानी पर्न थाल्यो उद्घाटन गर्न पुग्नु भएका निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम घर्ती सहित त्यँहा पुगेका सबैको अनुहार अध्यारो भयो । केही चिसो खटाउन नसकेर तल झर्नु भयो केही टावर सञ्चालनहुने आशा लिएर चिसो र पानीको सामाना गदै बसेका थिए । एकैछिनमा नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले लौ टावर सञ्चालन भयो, भन्नु भयो । एक्कासी सबैभा खुशीयाली छाँयो । चिसो र पानीको प्रवाह नगरी सबै खुशीयाली मनाउदै अविर जात्रा समेत सुरु भयो ” ।


यस सगै बागलुङ जिल्लाको सबैभन्दा दुर्गम मानिने निसीखोला गाउँपालिका वडा नं ५ निशेलढोर सञ्चारको पहुँचमा आएको छ ।
नेपाल टिलिकमले झन्डै ३ हजार ७ सय २० मिटरको उचाईमा पर्ने निसीखोला गाउँपालिका वडा नं ५ को ऐसेलुघारा भन्ने स्थानमा टावर निमार्ण गरेर टु जी सेवा सञ्चालनमा लिएको छ । सेवा सञ्चालनमा आए सङ्गै निसीखोला गाउँपालिका वडा नं ५ नेशेलढोर तथा ढोरपाटन नगरपालिका वडा नं ९ को मस ,विजा,काँगका स्थानिय साथै रुकुम पुर्वको भुमे गाउँपालिकाका केही भेगका स्थनियमा खुशीयाली छाएको छ ।

करिव १७ दिनको निरन्तरको मेहनत पश््चात आईतबार देखी मोबाईलफोन सेवा सुरु भएको छ । निशेलढोरका जनतालाई मोवाईलमा फोन गर्नको लागि भन्डै १ घण्टाको दुरीमा रहेको अग्लो डाडामा पुग्नु पर्ने बाध्यता अव अन्त्य भएको छ ।
निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले निरन्तरको पहल पश्चात निशेलढोरका जनताको पहिलो सपनाको रुपमा रहेको सञ्चार पु¥याउन सफल भएको बताउनु भयो ।
“ निशेलढोरका जनतालाई मोवाईल फोन गर्नको लागि करिव १ घण्टाको दुरी हिड्नु पर्ने अवस्था थियो निरन्तरको पहलमा नेपाल टेलिकमको सहयोगमा हामिले अहिले टावर सञ्चालन गर्न सफल भएका छौ”उपाध्यक्ष घर्तीले भन्नु भयो । टावार सञ्चालन पश्चात २ किसिमका मान्छेले सेवासुविधा पाउने छन् पहिलो स्थानिय र दास्रो घुम्न आउने पर्यटक लाभाम्वित हुने छन् उपाध्यक्ष घर्तीले भन्नु भयो ।


निसीखोला ५ का स्थानिय पे्रम बहादुर घर्ति मगर निशेलढोरमा पहिलो मोबाईल फोन गर्ने व्याक्ति समेत बनेका छन् । मगरले निशेलढोरमा रहेकी आफ्नै बहिनिलाई फोन गरेर टावर सञ्चालन भएको जनकारी दिदै खुशी व्यक्त गरेका थिए ।
निसीखोला गाउँपालिका वडा नं ५ का पुर्व वडा सदस्य तेजिन्द्र पुनले दुर्गम र ओझेलमा परेको ठाउँमा सञ्चार सेवा पुग्दा धरै खुशी भएको प्रतिक्रिया दिएका छन् ।
नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले निशेलढोरमा टावर सञ्चालन गर्न निकै कठिन भएको र यसै क्रममा निसीखोला गाउँपालिका संगको सहकार्यमा काम गर्दा सहज भएको र दुर्गम ठाउँमा सेवा दिन नेपाल टेलिकम प्रतिबद्ध भएकोे बताउनु भएको छ । अहिलेलाई अस्थाई संरचना रहेको तर यसलाई पुन स्थाई टावर निमार्ण गरेर गुणस्तरिए सेवा प्रदान गरिने जानकारी दिए ।


गण्डकी प्रदेश पुर्व सांसद खिम विक्रम शाहीले अहिले सम्म सञ्चारको कुनै पनि सेवा नपुगेको ठाउँमा सेवा पु¥याउन सफल सबैमा धन्यवाद दिनु भयो ।
निशेल ढोरपमा विद्युतको सेवा भने अझै पुगेको छैन निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले यसै वर्ष भित्र केन्द्रिय विद्युत पु¥याउने योजना भएको जानकारी दिनु भएको छ । यसै वर्ष गाउँपालिकाले सामुदायिक स्थास्थ्य ईकाई समेत पालिकाले सञ्चालनमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित