spot_img

नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय सम्मेलन: नेता कार्यक्रता विच सम्मोन्य हुनुपर्नेमा जोड

बुर्तिबाङ असोज ३ गते
नेपाली कांग्रेस क्षेत्र नं. २ प्रदेश सभा (ख) को क्षेत्रीय सम्मेलन बुधबार बुर्तिबाङमा सम्पन्न भएको छ । वडा गाउँ÷नगर स्तरिय सम्मेलन सम्पन्न गरेको कांग्रेसले क्षेत्र अन्र्तगतको प्रदेश तहमा सम्मेलन गरेको हो ।
बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनु भएका पार्टीको केन्द्रिय महाधिवेशन प्रतिनिधी तथा गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुवँरले कार्यक्रमलाई संबोधन गर्दे पार्टीलाई उचाईमा पु¥याउन सबै नेता कार्यक्रता स्वस्थ छलफल र बहसबाट गलत प्रबृर्तिको अन्त्य गर्दे सक्रियताका साथ अगाडी बढ्नुपर्ने बताउनु भयो ।
नेपाली कांग्रेस लोकतान्त्रीक पार्टी भएका कारण कार्यक्रता देखि नेता तह पार्टीका विचार सिद्धान्त, किास निर्माण जस्ता विषयमा छलफल बहसबाट अगाडी बढ्न सकिने र सबैका विचार सुन्ने र विचारलाई व्यवहारमा रुपान्त्रण गर्दे अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।


“सांसद कुवंरले थप बोल्दै आफु लगाएत निर्वाचित जनप्रतिनिधीले जनताको समस्या र विकास निर्माणको आवस्यकतालाई आत्मसाथ गर्दे सबैका भावना र विचारलाई सुनेर विकास निर्माणमा होमिएको बताउँदै जनताको आवस्यकताका आधारमा निरन्तर विकास मार्फत यस क्षेत्रको समृद्धिको ढोका खोल्न आफुहरु अगाडी बढेको बताउनु भयो” ।
नागरिकका समस्या धेरै छन क्रमिक रुपमा संवोधन गर्ने र जनअपेक्षा बमोजिम आफुहरु अगाडी बढिने बताउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, सडक, सिँचाई लगाएतका दर्जनौँ योजना प्रदेश सरकारबाट विनीयोजन भएको र जनताको थप आवस्यकता मध्यको बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई थप सुविधा सम्पन्न अस्पत्ताल बनाउनका निम्ती आफुहरुले निरन्तर प्रर्यत्न गरिरहेको बताउनु भयो ।गण्डकी प्रदेश स्तरिय अस्पत्ताल निर्माणका निम्ती प्रदेश सरकारबाट निर्णय पारित भइसकेको र केन्द्र सरकारबाट स्विकृत प्राप्त भएमा चाँडै यहाँका नागरिकले स्वास्थ्य क्षेत्रमा थप सहज सेवा सुविधा प्राप्त गर्ने बताउनु भयो ।
बुर्तिबाङमा रहेका सरकारी कार्यालयहरु प्रशासन, मालपोत नापि कार्यालयको व्यवस्थापन, बजार क्षेत्रमा बाढि पहिरो बाट जोगउन बजार संरक्षणका निम्ती टटबन्ध निर्माण लगाएत २२ वटै वडाका नागरिकको समस्या गुनासो र आवस्यकता आफुहरुले टिपोट गरिरहेका कारण ढिलो चाँडो सबै प्रकारका विकासमा हातेमालो गरेर अगाडी बढीने बताउनु भयो ।
कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा रहनुभएका गण्डकी प्रदेश सभा सदस्य सांसद दिलमाया पौवीले बोल्दै जनताले निर्वाचित गराएका आफु लगाएतका जनप्रतिनिधी संधै जनताको पक्षमा रहने बताउनु भयो । हामीहरु विकास निर्माण संगै जनताकै हक अधिकार सुनिश्चत गर्न नागरिककै समस्यामा रहेर काम गर्दे आइरहेको बताउँदै निर्वाचित जनप्रतिनिधी जनता संग संमोन्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस पार्टीलाई थप सक्रिय बनाउन कार्यक्रतालाई चलायमान बनाउन जिम्मेवार नेता कार्यक्रता समेत जिम्मेवारी पूर्वक प्रस्तुत हुनुपर्नेमा सांसद पौवीको जोड थियो ।

 

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यवाहक सभापती तारानाथ पौडेल, जिल्ला सचिव गण्डकी थापा अधिकारी, क्षेत्रीय सभापती जोकलाल बुढा, ढोरपाटन नगर सभापती धन बहादुर कायत, निसीखोला गाउँपालिका सभापती सुर्य बहादुर घर्ति, तमानखोला गाउँपालिका सभापती खिम बहादुर छन्त्याल, क्षेत्रीय सचिव धर्म घर्ति लगाएत नेता कार्यक्रताको आतिथ्यता एवं मन्तब्य रहेको थियो ।
कार्यक्रममा सहभागिको तर्फदेखि विभिन्न पार्टीका जिम्मेवार कार्यक्रताद्धारा पार्टीमा जनप्रतिनिधी र कार्यक्रता विच अन्तरघुलन हुन नसकेको, विकास निर्माणमा सम्मोन्य हुन नसकेको, समय समयमा छलफल बहस हुन नसकेको लगाएतका गुनासो व्यक्त गरेका छन ।
कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नंं . २ प्रदेश सभा –ख) का सभापती मेशलाल सर्माको अध्यक्षता, उपसभापती इन्द्र बहादुर मल्लको स्वागत, सचिव हेम प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित