ठुला व्यवासायीनै अखाध्य वस्तु विक्री गर्छन : साना व्यवसायीलाई छैन ज्ञान

निसीखोला भाद्र २८
बागलुङको निसीखोला गाउँपालिकाले भाद्र महिनाको दोश्रो र तेश्रो हप्तामा पहिलो पटक करिब ८० पसलको गहन रुपले अनुगमन ग¥यो जसबाट दुई गाडी अखाध्य वस्तु मात्रै फेला परेन महिनौ म्याद गुज्रिएका अखाध्य सामाग्रि खुलेयाम विक्री पनी भएको पाइएको छ ।
अरुत परै छोड्नुस मानिसको जिवनमा अति संवेदनशिल मानिएको औषधि जन्य वस्तुमा समेत उत्तिकै लापरबाही भएको देखिन्छ । कतिपय मेडिकल दर्ता विना सञ्चालन भएको, लामो समय औषधिको म्याद गुज्रिएपनी विक्री गर्ने स्थानमा राखिएको समेत पाइएको हो । अनुगमन गरिएका पसल मध्ये अधिकांसबाट अखाध्य विक्री हुनुका साथै मुल्य सुचि टांस नभएको, व्यवसाय दर्ता नभएको, नापतौल मेशिन ठिक नभएको पाइएको गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिले बताए ।
म्याद गुज्रिएका सामान होलसेल विक्रेताले गाडीमा राखेर साना व्यवसायीको पसलमै पु¥याउँछन जहाँकी ३ महिना सम्म म्याद गुज्रिसकेका सामान फुटकर व्यापारिले लेवल, म्याद नहेरी राख्दछन र त्यस्तै सामान ग्राहकले खरिद गरेर प्रयोग गर्ने गर्दछन ।

उपभोग्य म्याद सकिएपछि आधिकारीक म्यादमा कलर लगाएर नयां मिति राखिएको नुन
निसीखोला ६ की फुटकर व्यवसायी कुसुम परियारले भाद्र २२ गते होलसेल व्यापारिले गाडीमा विक्रीका लागी लगेको फुर्तिका प्याक विक्रीका लागि खरिद गर्नुभयो उहाँले उत्पादन र अन्तिम मिती हेर्नुभएन भाद्र २४ गते गाउँपालिकाको टोली अनुगमनमा पुग्यो अनुगमन गर्दे जाँदा उक्त फुर्तिको म्याद जेठ मशान्तमै समाप्त भएको पाइएको थियो जबकी म्याद सकिएको ३ महिना पुग्दा समेत होलसेल व्यापारीले फुटकर व्यापारि सम्म सामान पु¥याउने गरेको देखिएको छ ।
कुन व्यवसाही संग उक्त सामान राखिएको भन्ने विषयमा उहाँले खोल्न चाहानु भएन उहाँले राखेका चिसो पेय पर्दाथ, बिस्कुट, चाउचाउ लगाएतका खाध्य वस्तु खरिद गरिएको दुई दिनमै थुप्रै म्याद काटिसकेको पाइएपछि गाउँपालिकाले जफत गरेको हो ।

म्याद नै नलेखिएको खाध्य सामाग्रि
त्यस्तै भल्कोटकी अर्की व्यवसायी हरिमाया बोहोराले पनी गल्ला किराना सामाग्रि विक्री गर्दे आउनुभएको रहेछ उहाँको पसलमा समेत उत्तिकै मात्रामा अनुगमनका क्रममा अखाध्य सामाग्रि भेटिएपछि अब बल्ल आफुहरुको आँखा पालिकाले खोलिदिएको बताउनु भयो ।“ हामीले अहिले सम्म नत मिती हेरेर सामान खरिद गरियो नत बिक्री गर्दा ग्राहकले सोध्ने गर्नुभयो” यो समस्या अवका दिन नरहने बताउँदै पालिकाले गरेको अनुगमनले धेरै पाठ सिकाएको उहाँको भनाई थियो ।
कतिपय होलशेल व्यापारिले म्याद गुर्जिएका अखाध्य सामाग्रि ग्रामिण क्षेत्रका दुर दराजमा लगेर लामो समय सम्म खुलेयाम विक्री गर्ने गरेको पाइएको छ यस्तो अवस्था आगामी दिनमा आउन नदिन छिमेकी पालिका, प्रशासन, सम्वन्धीत पालिका र उपभोक्ता स्वंम सचेत बन्नुपर्ने देखिन्छ । निसीखोला गाउँपालिकाले अनुगमन गर्दे जाने तर अन्य छिमेकी पालिकाले अनुगमन नगर्ने हो भने ति अखाध्य वस्तु अनुगमन नगरिएका क्षेत्रमा पुग्ने प्रचुर सम्भावना देखिन्छ । चाडपर्र्वका समयमा अथवा कम्तिमा बर्षमा दुई पटक सम्म बजार अगुगमन हुने हो भने अखाध्य वस्तुको विक्री नियन्त्रण हुनुका साथै व्यवसायी करको दायरामा आउने र आफुले कुन वस्तु बिक्री गर्न पाउने न पाउने विषयमा समेत ज्ञान हुने देखिन्छ । त्यस्तै पालिकाहरुले व्यवसायीलाई करको दायरामा ल्याउने मात्र उपलब्धी होइन व्यवसायीलाई समय समयमा कर प्रणाली, व्यवसाय गर्ने विषयमा ज्ञान तथा व्यवसायीक दायराका विषयमा जानकारी गराउनु पर्ने देखिन्छ ।

निसीखोला गाउँपालिकाले वडा नं. १,२,३,४,५र ६ का मध्यपहाडी लोकमार्ग आसपासमा रहेका बजार क्षेत्रका पसल अनुगमन गरेको छ अन्य ग्रामिण क्षेत्रका पसलमा समेत पुग्ने र पहिलो पटक व्यवासायीलाई सचेत बनाउँदै अखाध्य वस्तु जफत गर्ने र पुनह अनुगमनमा जाँदा व्यवसाय दर्ता नगरि चलाएको, लाईसेन्स नलिई चलाएको, अखाध्य वस्तु विक्री गरेको सरसफाई नभएको जस्ता समस्या देखिए कानुनी प्रकृया वमोजिम अगाडी बढिने गाउँपालिका उपाध्यक्ष प्रेम घर्तिको भनाई छ । हामीले व्यवसायीलाई अवका दिनमा तालिम पनी दिन्छौँ व्यवसायीलाई दुख दिने नियत होईन तर विधी पद्धतीमा सबै जानुपर्दछ भन्ने मान्यता हो घर्तिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित