तमानखोला गाउँपालिकाले मकै बालिमा क्षति भएका कृषकलाई विउ र बाली वीमा उपलब्ध गराउने

बुर्तिबाङ भाद्र २४
बागलुङको तमानखोला गाउँपालिकामा गत हप्ताको बर्षात र हावाहुरीका कारण मकै बालिमा धेरै क्षती भएको पाइएको छ ।
मुख्य बालीमै क्षती भएपछि कृषकको समस्यालाई थोरै भएपनी संवोधन गर्नका निम्ती गाउँपालिकाले राहात उपलब्ध गराउने भएको हो ।
कार्यपालिकाको निर्णय अनुसार पालिकाले क्षेति भएका कृषकलाई प्रति घरधुरी १ मुरीका दरले मकैको विउ उपलब्ध गराउनुका साथै आगामी सिजन देखि सामुहिक रुपमा बाली विमा गरिदिने निर्णय भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनु भयो ।
यसपटक हावा हुरीले लाखौँ मुल्य बराबरको मकै बाली नस्ट गरेको छ । यस्ले कृषकलाई प्रत्यक्ष मर्का पर्नुका साथै आगामी सिजनमा लगाउने विउ समेत नहुने अवस्था भएपछि कार्यपालिकाको निर्णय अनुसार प्रति घरधुरी एक मुरीका दरले स्थानीय जातको मकैको विउ उपलब्ध गराउने र सामुहिक वीमा गरिदिने निर्णय गरिएको अध्यक्ष बुढाको भनाई छ ।
पालिकामा आएको तथ्यांक अनुसार ५५० घरधुरी कृषकले लगाएको मकैबाली हावाहुरीले ढलाएर सखाप पारेपछि कृषकलाई ठुलो क्षती भएको हो । भर्खर घोँगा लागेको मकै सखापै हुने गरि ढलेपछि कृषक चिन्तित बनेका छन ।
बढि मात्रामा वडा नं. १,२ र ३ नम्बरमा मकैबालीमा क्षती भएको पाइएको कृषि शाखा प्रमुख शन्देस पराजुलीे बताउनु भयो । प्रति घरधुरी ९ मुरि देखि १२÷१५ मुरी सम्म कृषकले मकै उत्पादन गर्दे आएकोमा फल नलाग्दैको मकै ढलेर सखाप भएपछि कृषकले अर्काे बर्षलार्ई विउ उत्पादन समेत कसरी गर्ने भन्ने चिन्ता थपिएपछि पालिकाले निर्णय गरेर विउ उपलब्ध गराउने तयारी रहेको बताउनु भयो । प्रति घरधुरी कम्तिमा पैतालिस हजार रुपैयाँका दरले पनी करिब ७ सय रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीबाट २ करोड बढिको क्षती भएको अनुमान पालिकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित