वि.पि . जयन्तीमा कांग्रेसले ग¥यो फलफुल वितरण: वि.पि को सिद्धान्त अनुसरण गर्नुपर्नेमा जोड

बुर्तिबाङ भाद्र २४ गते
नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्रिय कार्यसमिती क्षेत्र नं. २ बागलुङको आयोजनामा जननायक विश्वेश्वर प्रसाद कोईरालाको ११० औँ जन्म जयन्तीको अवसरमा विरामी तथा बौद्धिक अपांगता भएका विद्यार्थीका लागी आइतबार फलफुल वितरण गरिएको छ ।
बुर्तिबाङ प्राथमिक स्वास्थ केन्द्रमा उपचारका लागी आएका बिरामी र उत्तरगंगा नमुना माध्यमिक विद्यालयको बौद्धिक अपांगता कक्षामा अध्ययनरत विद्यार्थीका निम्ती स्याउ, जुस, केरा लगाएतका फुलफुल संगै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सरसफाई सामाग्रि हस्तान्त्रण गरिएको हो ।
आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननिय दोर्ण कुमार कुवंरले वि.पि.को इतिहांस र नेपाली कांग्रेसको सिद्धान्तका विषयमा बोल्दै २००३ सालमा वि.पि.ले लोकतन्त्र र नागरिकको हक अधिकार स्थापित गर्न नेपाली कांग्रेस पार्टीको स्थापना गर्नुभएको बताउँदै उहाँले देशको स्वाधिनता लगाएत पार्टिको सिद्धान्त र आर्दशका विषयमा खेलेको भुमिकाको विषयमा प्रकाश पार्नुभएको हो ।


जननायक वि.पि.का. सिद्धान्तलाई अनुसरण गर्दे नेपाली कांग्रेस देशकै लोकतान्त्रीक र जनताको पार्टी भएको बताउँदै नयां पुस्ताले समेत वि.पि.को सिद्धान्त, लोकतान्त्रीक अभ्यासमा जनताको मनभित्र रहेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले थप बोल्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतमा रहने गरि अस्पत्ताल बनाउनका निम्ती गृहकार्य भइरहेको बताउँदै यस आर्थिक बर्षमा २१ करोड बजेट विनीयोजन भएको र विभिन्न ९ वटा विभागको अनुमती अध्ययन अगाडी बढिसकेको बताउँदै केही समयमै मन्त्रिपरिषदबाट प्रदेश मातहतकोसुविधा सम्पन्न अस्पत्ताल घोषणा हुने बताउनु भयो


कार्यक्रमका अवसरमा जिल्ला उपसभापती तारानाथ पौडेलले बोल्दै वि.पि. ले लिनुभएको समाजबाद उन्मुख सिद्धान्त समाज निर्माण गरेर लैजाने र कांग्रेस पार्टीमा लिएका सिद्धान्तले राष्ट्रलाई विकास र समृद्धिमा जोडेको बताउँदै वि.पि.को सिद्धान्त र परिकल्पनाले गर्दा लोकतान्त्रीक व्यवस्था, जनताले प्राप्त गर्ने हक अधिकार स्थापित हुँदै गइरहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा क्षेत्रीय सभापती जोकलाल बुढाले बोल्दै नेपाली नागरिकको स्वतन्त्रता र अधिकारका निम्ती स्थापित नेपाली कांग्रेसका संस्थापक वि.पि. कोइरालाको ११० औँ जन्म जयन्तीको सम्झनामा पार्टीले कार्यक्रम आयोजना गरेको बताउँदै नेपाली नागरिकको अधिकार र स्वतन्त्रता स्थापित गर्नका निम्ती वि.पि. को भुमिका महत्वपूर्ण रहेको बताउँदै उहाँले लिएका सिद्धान्त अहिले पनि अपरिहार्य रहेका कारण त्यसलाई अनुसरण गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रमममा नेपाली कांग्रेसका नेता कार्यक्रताको उपश्थिती रहेको थियो । क्षेत्र नं. २ प्रदेश सभा २ का सभापती मेशलाल सर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित