spot_img

प्रहरीद्धारा बागलुङको निसीमा दश हजार गाँजाको बोट नष्ट

छविलाल पाण्डे भाद्र २६ बुर्तिबाङ
बागलुङको निसीखोला गाउँपालिका ६ अन्र्तगत पर्ने विभिन्न स्थानमा लगाइएको र आफै उम्रिएको दश हजार बढि गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार वि.क.को कमाण्डमा खटिएको बुर्तिबाङ इलाका प्रहरी र निसी प्रहरी चौकीको टोलीद्धारा २३ रोपनी क्षेत्रफलमा भर्खर फल लाग्न थालेको गाँजाको बोट काटेर नस्ट गरिएको हो ।
निसीखोला ६ मा पर्ने चोरबास, जाउलेपानी, रबाङ्ग, लुप्ली, सिप, झिम्पा, रुनीबाङ्ग लगाएतका क्षेत्रमा कृषक आफैले बारीमा लगाएको र वन क्षेत्रमा आफै उम्रिएको गरि दश हजार बढि बोट नस्ट गरिएको प्रहरीको भनाई छ । गाँजा उत्पादन, विक्री वितरण र सेवन आफैमा गैर कानुनी रहेको र गाँजाले समाजमा विकृति फैलाउने र कुलत बढ्ने भएकाले गाँजालाई नष्ट गरिएको प्रहरी निरीक्षक वि.क. ले बताए ।
गाँजा खेतिबाट कतिपयले त्यसलाई गलत प्रयोजनमा प्रयो्ग गरेपनी अधिकांस कृषकले भाँगाको दानालाई चट्नीमा प्रयोग गर्ने , दाना –भाँगो) विक्रि गरेर आय आर्जन गर्नकै निम्ती खेत बारीमा उत्पादन गर्ने गर्दछन । यहाँका कतिपय स्थानीय तहले दाना लोक्ताको उत्पादनबाट आर्थिक उर्पाजनसंग जोड्नका निम्ती भाँगो खेती विस्तार कार्यक्रम अन्र्तगत कृषकलाई अनुदान दिन बजेट समेत विनीयोजन गर्ने गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित