रोजगार संयोजक र सहायकका निम्ती बैदेशिक रोजगार सुचना प्रणाली सम्बन्धी अभिमुखिकरण

बुर्तिबाङ भाद्र १९ गते
बागलुङ जिल्ला स्थित स्थानीय पालिकाका रोजगार संयोजक र रोजगार सहायकका निम्ती एक दिने बैदेशिक रोजगार सुचना प्रणाली सम्बन्धी अभिमुखिकरण कार्यक्रम बुर्तिबाङमा मँगलबार सम्पन्न भएको छ ।
श्रम तथा रोजगार कार्यालय पोखराको आयोजनामा बागलुङ जिल्लाका १० वटै पालिकामा आवद्ध रोजगार संयोजक र रोजगार सहायकका निम्ती अभिमुखि कार्यक्रम सञ्चालन गरिएको श्रम तथा रोजगार कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बरालले बताउनु भयो ।

 


बैदेशिक रोजगारिमा जानेहरुका निम्ती स्थानिय तहबाटै श्रम उपलब्ध गराउने व्यवस्था भएको र कर्मचारीका निम्ती आवस्यक तालिम हालसम्म नभएका कारण पहिलो पटक सम्वन्धीत सेवा क्षेत्रका कर्मचारीलाई तालिमको व्यवस्था गरिएको श्रम तथा रोजगार कार्यालय पोखराका प्राविधिक बिवेक यादवले बताउनु भयो ।
अभिमुखिकरा कार्यक्रममा सुचना अनलाईन प्रणालीबाट सेवा उपलब्ध गराउँदा परेका समस्या, त्यसको समाधानका विषयमा अन्र्तक्रृया सँगै प्रयोगात्मक रुपमा जानकारी गराइएको थियो ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका शाखा अधिकृत लक्ष्मण बराल र प्राविधिक बिवेक यादबले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । बैदेशिक रोजगारी सम्वन्धी कानुनी व्यवस्था, बैदेशिक रोजगारीका नकारात्मक असर, बैदेशिक रोजगारीको चुनौती, बैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने विषयलाई समेत समावेश गर्दे बैदेशिक रोजगारिको अवस्थाका विषयमा तथ्याँक समेत प्रस्तुत गरिएको हो । कार्यक्रममा रोजगार संयोजक, रोजगार सहायक, स्थानीय तहका जनप्रतिनिधी कर्मचारीको समेत उपश्थिती रहेको थियो  ढोरपाटन नगरपालिका रोजगार संयोजक हिरालाल खनालले कार्यक्रम सहजिकरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित