spot_img

चट्याङले ढोरपाटन ६ मा स्थानीय लघुजलविधुत आयोजनामा क्षेती: राँगा र भैँसी मरे

बुर्तिबाङ भदौ १७
ढोरपाटन नगरपालिका वडा नं. ६ चामिद्धारमा शनबाीर राती स्थानीय मिन बहादुर बुढाको गोठमा चट्याङ पर्दा १ भैँसी र १ राँगाको मृत्यु भएको छ । चट्याङकै कारण घरमा रहेका मिन बहादुर बुढाको श्रीमान श्रीमती समेत लामो समय सम्म बेहोस हुनुभएको् थियो अहिले अवस्था सामान्य रहेको जनाइएको छ । त्यस्तै चट्याङका कारण ढोरपाटन ६ मा रहेको खानीखोला लघु जलविधुत आयोजनाको जेनेरेटर समेत जलेको आयोजनाका म्यानेजर ज्ञान बहादु श्रीापलीले बताउनु भयो । जेनेरेटर जल्दा स्थानीय १६७ घरधुरी उपभोक्ता अन्धकारमा परेका छन । त्यस्तै स्थानीय मेयरसिँह श्रीपाली र उहाँकी श्रीमती समेत लामो समय सम्म बेहोस भएपछि अहिले अवस्था सामान्य रहेको जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित