spot_img

ढोरपाटन पुग्नै सकस : निर्माण कम्पनीको सूस्तताले नागरिकलाई सास्ती

बुर्तिबाङ भदौ ८
बागलुङको ढोरपाटन पुग्ने सडक समयमा निर्माण नभएपछि साँसद देखि स्थानीय जनप्रतिनिधीलाई यतिबेला निकै टाउको दुखाई बनेको छ । प्रर्यटकिय गन्तब्यको रुपमा परिचित हुँदै गएको ढोरपाटन देशकै एक शिकार आरक्ष क्षेत्रमा पर्दछ ।
उक्त क्षेत्रमा जान देश विदेशका नागरिक निकै आतुर छन तर एक पटक जो आए अर्काे पटक पुनह आउने मनस्थिती बिरलै पाइन्छ । प्रर्यटकलाई मात्रै कहाँ हो र ढोरपाटन आउ जाउ गर्ने यहाँका नागरिक, व्यवसाहीलाई समेत उत्तिकै सास्ति खेप्नुपर्ने बाध्यता कहिले हट्छ भनेर निर्वाचित जनप्रतिनिधीलाई स्थानीयले पटक पटक ध्यानाकर्षण गराउँदै आएका छन ।
सालझण्डी –ढोरपाटन सडक खण्ड अन्र्तगत पर्ने उक्त सडकमा बागलुङ खण्डमा मात्रै निकै सुस्त गतिमा काम भएको देख्न सकिन्छ । गुल्मी र अर्घाखाँची जिल्लामा पर्ने खण्डमा प्रभावकारी रुपमा काम भएको पाइएको हो ।
ढोरपाटन नरपालिकाको सदरमुकाम बुर्तिबाङ बजारदेखि करिब ३५ किलोमिटर टाढाको दुरीमा रहेको ढोरपाटन उपत्यकामा पुग्न जोड तोडका साथ ३ घण्टा सवारी यात्रा पछि मात्रै पुग्न सकिन्छ । सडक जिर्ण छ खाल्डा खुल्डी र जोखिम पूर्ण यात्रा गर्न जो कोही मान्दैन सवारीलाई उत्रिकै मार पर्ने र यात्रुलाई समेत सास्ति खेप्नुपर्ने बाध्यता रहेको अवस्था छ । उक्त सण्डमा काम निकै सुस्त गतिमा भएका कारण नागरिमा नैराश्यता छाएको हो ।

स्वच्छन्द निर्माण सेवा प्रालि (सञ्चालक जयराम लामीछाने) र ओम बुद्ध इन्टरनेशनल जेभि कम्पनी सञ्चालक (दिपेश लामा ) को सँयूक्त दुईवटा फर्मले २०७८ असोज महिनामा ३० महिना भित्रै सडक नालि सहित ग्राभेलीङको जिम्मा पाएको थियो । अवधी सकिन मात्र ९ महिना रहँदै गर्दा निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गरेको पाइएको देखिन्छ ।
जोखिम ठाउँमा सडक कटान, नालि निर्माण, ग्रेड निर्माण देखि धेरै काम बाँकी रहँदा पनी कम्पनीले आफनो जिम्मेवारी प्रति तदारुकता नदेखाएकै कारण समयमा काम सम्पन्न नहुने र अझै लामो समय सम्म यस्तै सास्ती खेप्नुपर्ने बाध्यतामा नागरिक रहेको ढोरपाटन ९ का अध्यक्ष खिम बहादुर घर्तिको भनाई छ ।
साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधान ढोरपाटन पुग्न सक्दैनन्। यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्छन्। पर्यटकले प्रयोग गर्ने सवारीसाधान बीचबाटोमै बिग्रिने हुँदा उनीहरूसमेत अलपत्र पर्ने गरेका छन्।
विसं २०७१ मा सो सडकको ट्र्याक खुलेको हो। गंगरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर लामो सडक छ। सालझण्डीदेखि ढोरपाटनसम्मको लम्बाइ एक सय ९७ किलोमिटर रहेको छ। बडिगाड गाउँपालिका–१० गंगरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि दुई वर्ष अगाडि सम्झौता भएको थियो।
हालसम्म २८ प्रतिशतमात्रै काम भएको सालझण्डी९ढोरपाटन सडक आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सरोज आचार्यले जानकारी दिए। ३० महिनामा काम सक्ने गरी २५ करोड रुपैयाँमा सम्झौता भएको आचार्यले बताए। स्तरोन्नतिको कामलाई तीव्रता दिन कार्यालयले निर्देशन दिए पनि निर्माण कम्पनीले ढिला सुस्ती गरिरहेको उनी बताउँछन्।

यस क्षेत्रबाट निर्वाचित प्रदेश सभाका माननिय दोर्णकुमार कुवँर, दिलमाया पौवी लगाएतको टोलीले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमै पुगेर यहाँको समस्याका विषयमा मौखिक लिखित रुपमा ध्यानाकर्षण गराइसकेका छन । पटक पटक निर्माण कम्पनीलाई समेत फोन मार्फत ध्यानाकर्षण गराएका साँसद दोर्ण कुमार कुवँरले तत्काल जोखिम क्षेत्रमा काम गर्न समेत आग्रह गर्दा समेत निर्माण कम्पनीले अटेर गर्दे आएको पाइएको छ ।
यता ढोरपाटन नगरपालिकाका कार्यवाहक मेयर धन बहादुर कायतले समेत सडक निर्माणको काममा निर्माण कम्पनीले मनलाग्दी गरेको भन्दै शुक्रबार सर्वदलीय सर्वपक्षिय छलफलको आयोजना गर्दे तत्काल सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने र डेलिगेशन समेत जाने बिषयमा छलफल भएको छ ।
निर्माण कम्पनीले काम नगरेपछि नागरिकलाई निकै सास्ती भयो जनप्रतिनिधीलाई समेत काम गरेनौँ भनेर नागरिकबाट आरोप आइसक्यो अव धेरै समय चुप लागेर बस्नु उचित नदेखिएपछि सम्वन्धित निकायमै पुगेर ध्यानाकर्षण गराउने र काम नहुने भएमा ठेक्कानै टोडेर अन्य प्रकृया अगाडी बढाउने विषयमा समेत छलफल गर्ने गरी आवस्यक तयारी गरिएको कायतको भनाई छ ।
जनप्रतिनिधी, राजनैतिक दल सहितको टोली केहि दिनमै सालझण्डी –ढोरपाटन सडक आयोजनाको कार्यालय सन्दिखर्कमा जाने र निर्माण कम्पनी र आयोजनाका प्रमुखलाई सँगै राखेर ध्यानाकर्षण गराउने निर्णय भएको कायतले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित